डिआईजी पोखरेलद्धारा नागढुङ्गा–कलङ्की सडकखण्डमा सिसीटिभिको सुभारम्भ

दुर्घटना र अपराध न्युनिकरण गर्न सिसि टिभिबाट निगरानी गरिने


मङ्सिर १२, काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डिआईजी) विश्वराज पोखरेलले समाजमा हुने घटना र दुर्घटना न्युनिकरणको लागि सडकमा राखिएको सिसि क्यामराले अपराध अनुसन्धानमा निकै फलदायी हुने बिश्वास व्यक्त गरेका छन ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने कंलकी (नागढुङ्गा सडक खण्डमा जडित सिसिटिभिको समुदघाटन तथा हस्तान्तरण समारोहमा प्रमुख पोखरेलले विकास निर्माणमा जनप्रतिनिधिहरूको जतिनै भुमिका रहन्छ त्यतिनै भुमिका जनताको जनधन र शान्ति सुरक्षामा रहेको उल्लेख गरे ।

उनले भने, ‘‘आम नागरिकको विकास समृद्धि र सुरक्षाको लागि सवै राज्य स्ंयन्त्रहरु र सरकारनै अहोरात्र खटिरहेको छ । यस घडीमा आम नागरिकको सरकारलाई हुने सहयोगवाट हामीले विकास समृद्धि शुसासन र समृद्धिमा अपेक्षित फड्को मार्न सक्छौ । ”

उनले शान्ति सुरक्षा प्रहरी र कुनै एउटा व्यक्तिले गरेर नहुने हुदा समुदायका सवै व्यक्तिहरूलाई मिलेर अघि वढ्न पनि आह्रवान गरे ।
चन्द्रागिरि नगरपालिकाले समाजमा हुने गरेको विकृति विसंगति कम गर्नका लागि खेल्दै आएको भुमिकाको उच्च कदर गर्दै सिसि टिभी जडानले अपराध नियन्त्रण,अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम सडक दुर्घटना नियुनिकरणका लागि फलदायी सावित हुने उनको भनाई छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरिएको जानकारी दिए । “सिसी क्यामरा जडानसँगै नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, नगरप्रमुख गिरिले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले समाजमा अपराध मुक्त र दुर्घटना मुक्त बनाउने अभियानलाई सार्थकता प्रदान गर्न र ट्राफिक व्यवस्थापनमा सिसि टिभि महत्वपुर्ण हुने जोड दिदै जडित सिसि टिभिलाई निरन्तरता दिन आवश्यक रहेको औल्याए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले नेपाल प्रहरी प्रविधि मैत्री सुरक्षा व्यवस्थामा जान अति आवश्यक रहेको बताए । समुदायमा हुने विभिन्न विकृतिमा सृजित अपराध रोकथामका लागि समाजका हरेक नागरिकहरू लाग्नु पर्ने उनको भनाई छ ।

प्रमाण सहितको पुलिसिङ र प्रबिधि सहितको पुलपसिङले मात्र शान्ति सुरक्षा कायम गर्न हामी सक्षम हुन्छौ काठमाण्डौ प्रहरी प्रमुख सिंहले भने ।

नगरपालिकाका उप नगर प्रमुख लिशा नर्कमीले शुभकामना मन्त्व दिदै समृद्ध र डिजिटल नगरपालिका वनाउने अभियानलाई यस्ता कार्यले सम्रग नगरेको विकासमा टेवा पुयाउने बताईन ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले समुदाय प्रहरी साझेदारी अन्र्तगत काठमाडौँ उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामरा जडान गरेको बताए ।

नगरपालिकाका प्रवक्ता एवम् वडा नं ११ का वडाध्यक्ष हरिभक्त महर्जनले चन्द्रागिरिले सबै वडामा सिसी क्यामरा जडान गर्ने बताए । मुख्य राजमार्ग क्षेत्रमा नगरपालिकाले सिसी क्यामरा जडान गरेपनि भित्रि बाटोमा भने वडाले सिसी क्यामरा जडान गर्ने प्रवक्ता महर्जनको भनाइ छ ।
नगरपालिकाको वडा नं २ नागढुङ्गादेखि वडा नं १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६८ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने छ । जडित सिसिटिभिमा पिटिजेट १० वटा रहेका छन् ।

काठमाण्डौको पिप्लामोड,चिसापानी धार, नागढुङ्गामा,वाडभञ्ज्याङ,नयाँशक्ति पेट्रोलपम्प,थानकोट,चेकपोष्ट आयल निगम गेट, गुर्जुधारा चोक, सानो मन्दिर, सतुङ्गल, सशस्त्र गेट नैकाप चोक, तिनथाना लगायत ६८ ओटा अत्याधुनिक क्यामराबाट राजमार्ग सुरक्षाको निगरानी गरिने छ ।

महानगरीय प्रहरी बृत्त थानकोटमा सरभर राखेर अवलोकन गर्न सकिने व्यवस्था समेत मिलाईएको छ । राजमार्ग क्षेत्रमा चन्द्रागिरीको ११ वडा पर्दछन् । चन्द्रागिरी नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् ।

१२ मंसिर २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको