बेवारिसे अबस्थामा जंगलमा फेला परेका शिशुका आमासहित २ जना पक्राउ


असोज १९, सल्यान । बेबारिसे अबस्थामामा जङ्गलमा फेला परेका नबजात शिशुका आमालाई पक्राउ गरिएको छ ।

सोमबार बिहान जिल्लाको श्रीनगर( खलंगा सडकखन्डको घोरलोटे स्थित सालघारी जङ्गलमा बेबारिसे अबस्थामा फेला परेका नबजात शिशुका आमा सहित २ जनालाई प्रहरिले पक्राउ गरेको हो।

शिशुलाई जङ्गलमा छाडेर जाने शारदा नगपालिका वडा नं ३ का ३५ वर्षिया शिशुको आमा र शानपा वडा नं २ पानिखोलाका अन्दाजी ३८ वर्षका एक पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आज सोमबार दिउँसो विभिन्न स्थानहरूबाट उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। अनैतिक सम्बन्धबाट बच्चा जन्मिएकोले जङ्गलमा छाडिएको बुझिएको छ । बच्चा २८ दिनको रहेको प्रहरिले बताएको छ।

पक्राउ परेका दुबैजना गत वर्ष कार्तिक महिनामा रोजगारीको शिलसिलामा भारतको उत्तराखंडमा गएको र अहिले दुबैजना दशैं मान्न सङ्गै घर फर्केका हुन् ।

गड्डाचौकी नाका भएर नेपाल आएका दुबैजना महेन्द्रनगरको एक कवारेन्टीनमा ३ दिनबसी सल्यानको श्रीनगरमा हिजो आइतबार आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण ओलिले जानकारी दिए।

प्रहरिका अनुसार घरमा पुग्दा बच्चा नलैजाने दुबैजनाको सल्लाह भएबोजिम बाटैमा पर्ने जंगलमा हिजो आइतबार बेलुका ६ बजेतिर बच्चालाई त्यही जङ्गलमा फाली घरतर्फ लागेका थिए ।

सोमबार बिहान ६ बजेतिर मर्निङ्ग वाकमा निस्केका स्थानीयले उक्त बच्चालाई जङ्गलमा एक्लै रोइराखेको देखिपछी प्रहरी उक्त स्थानमा प्रहरी पुगि बच्चाको पहिचान र परिवारको खोजीकार्यमा जुटेको थियो।

पक्राउ परेका दुबैजना श्रीमान श्रीमती नभएको र दुबैजना बिबाहित हुन। महिलाको भने सम्बन्ध बिच्छेद भै सकेको प्रहरिले जनाएको छ।

आर्थिक अवस्था कमजोर रहेकी ती महिलाको पहिलो विवाह बाटपनि तीन सन्तान रहेको र पति संग सम्बन्ध विच्छेद भएपछि बच्चाहरुको पालनपोषणका लागी रोजगारीको लागी भारतमा गएको ती महिलाले प्रहरीलाइ बताएकी छन् ।

आरोपित पूरुष जिल्लाकै एक क्वारेन्टाइनमा रहेको र घटना बारे थप अनुसन्धान गरी प्रकृया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

१९ आश्विन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको