वैशाख १८, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा ब’म वि’स्फोटमा परी ४ बालबालिकाको मृ’त्यु भएको छ ।
बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा ब’म वि’स्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए ।
मृत्यु हुनेमा ७ देखि ११ वर्ष उमेरका ३ बालक र १ बालिका रहेको वडाध्यक्ष बुढाले बताए । घटनास्थलमा राइफलको गोली जस्तै देखिने ब’म पनि रहेकाले निष्क्रिय पार्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडाध्यक्ष बुढाको भनाइ छ ।
प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए ।
सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको ब’म बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको र वि’स्फोट भएको हुन सक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस