सभामुखमा सापकोटा निर्विरोध, शपथ कहिले ?


माघ १३, काठमाडौँ । प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधि सभाको आइतवार बसेको बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । प्रमुख प्रतिपक्षीसहितका अन्य दलहरूले उम्मेदवारी नदिएपछि सत्तारूढ दलका उम्मेदवार सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

जेष्ठ सदस्यका रूपमा सभाको अध्यक्षता गरेका महन्थ ठाकुरले उनलाई निर्विरोध भएको घोषणा गरे । राष्ट्रपति कार्यालयका अनुसार सापकोटाको पद तथा गोपनियताको शपथ सोमवार बिहान ११ बजे हुनेछ । शपथ लगत्तै उनले पदभार सम्हाल्नेछन् ।

उनले प्रतिनिधि सभाको मंगलवारको बैठकदेखि अध्यक्षता गर्नेछन् । गोरखापत्र दैनिकमा खबर छ ।

१३ माघ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको