प्रचण्डविरुद्ध अमेरिकामा उजुरी दिने श्रेष्ठ जेल जान सक्ने


चैत्र ५ काठमान्डौ । अमेरिका पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध एक नेपालीले उजुरी दिएको बिषय यतिबेला चर्चामा रहेको छ । प्रचण्डका विरोधीहरुले सामाजिक सञ्जालमा उनलाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् ।

तर, अमेरिकाले प्रचण्डलाई गिरफ्तार नगर्ने स्पस्ट पारिसकेको छ । प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेपछि उनलाई गिरफ्तार नगर्ने स्पस्ट पारेको हो ।

अमेरिकामा रहेका पत्रकार किशोर पन्थीका अनुसार बरु उजुरी दिने व्यक्तिमाथि कारबाही हुन सक्ने बताएका छन् । एफबीआईकै सेक्युरिटी क्लियरेन्सपछि भिसा प्राप्त गरेर अमेरिका आएका प्रचण्डविरुद्ध एफबीआईमा उजुरी हालेको भन्दै बकबास गर्नुको कुनै अर्थ नरहेको पन्थीले बताए । उनका अनुसार अमेरिकामा कसैले संघीय कानुनको उल्लंघन गरेको आशंका लागेमा, आतंककारी वा आपराधिक गतिविधि गरेको आशंका लागेमा जोकोही सर्वसाधारणले पनि एफबीआईमा अनलाइन वा पत्रमार्फत टिप्स दिन सक्छन् ।

तर गलत नियतवश कसैको विरुद्ध उजुरी दिँदा युएस कोड सेक्सन १००१ को टाइटल १८ अनुसार उजुरी दिने व्यक्तिलाई नै जेल, जरिवाना वा दुवै सजाय हुनसक्छ ।

तिलक श्रेष्ठ नाम गरेका अमेरिकामा रहेका नेपालीले प्रचण्डविरुद्ध उजुरी दिएका थिए । पन्थीका अनुसार अमेरिकी कानूनअनुसार श्रेष्ठलाई पक्राउ गरी जेल हाल्न सक्ने सम्भावना छ ।

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको