विकासप्रेमी नेता रवीन्द्रको सम्झनामा भक्कानिए स्थानीय


फागुन १७, कास्की । पर्यटनमन्त्रीको अकल्पनीय देहावसनले उनको जन्मगाउँ शोकमा डुबेको छ ।

पोखरा–३३, भरतपोखरी, जामुनेबोटस्थित उनको गाउँमा आफन्तजन तथा गाउँलेको रुवावासी चलेको हो । जो देखिए पनि कसैको आँखा सबैका रसाएका छन् । छिमेकीलाई सान्त्वना दिन उपस्थित भएकाहरू नै भावविह्वल बनेर विकासप्रेमी नेता मन्त्री अधिकारी सम्झिँदै भक्कानिएर रुँदै छन् ।

आजको राजधानी दैनिक लेख्छ–भरतपोखरीको जामुनेबोटमा २२ वैशाख २०२६ मा जन्मिएका छरितो बानीबेहोराका रवीन्द्रलाई राजनीतिमा डो–यायोे ।
आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका ज्येष्ठ पुत्रका रूपमा जन्मिएका अधिकारीले प्राथमिक शिक्षा गाउँकै शान्ति उदय माविबाट पूरा गरेका थिए । उनी सानै उमेरदेखि जिज्ञासु, तार्किक र चनाखो स्वाभावका रहेका अधिकारीलाई पढाउने गुरु रवीन्द्रनाथ आचार्य सम्झन्छन् ।

समृद्धिको मार्गप्रशस्त गरेका हँसिलो स्वभाव, रिसाउन नजान्ने, अनुशासित र ठूलालाई कदर गर्ने मन्त्री अधिकारीको सानैदेखिको बानी रहेको उनले सम्झे । सारा गाउँ शून्य भएको छ, टुहुरो बनाएको छ र उनले परिकल्पना गरेका विचारलाई राज्यले सधैं सम्मान गरोस् भन्ने चाहना रहेको छिमेकी विष्णुमाया आचार्य पछैयोरीले आँखा पुछ्दै भनिन् ।गाउँका ८८ वर्षे वृद्ध केशव आचार्य बलिन्द्र धारा आँसु बगाउँदै छन् । उनी बोल्नसमेत सक्दैनन् ।

१७ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको