असार २, काठमाडौँ । कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा डेब्यू टोली अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ ।
खेलको ६३अौं मिनेटमा अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलार्इ लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए ।
यसअघि पहिलो हाफमा दुबै टोलीले १-१ गोल गरेका थिए । सर्जियो अग्युरोको गोलमा अाइसल्याण्डमाथि अर्जेन्टिनाले सुरुवाती अग्रता दिलाएको चार मिनेटमै अाइसल्याण्डले बराबरी गोल फर्काएको थियो ।
खेलको १९अौं मिनेटमा पेनाल्टी एरियामा सहकर्मी रोजोबाट अाएको बललार्इ नियन्त्रण गर्दै अग्युरोले १५ यार्डबाट गोल गरेका थिए । उनको यो विश्वकपको पहिलो गोल हो।
२३ अौं मिनेटमा अाइसल्याण्डले बराबरी गोल फर्कायो । गाइल्फी सिगुर्डसनको क्रसमा फिन्बोगोसनले ६ यार्डको दुरीबाट बराबरी गोल फर्काएका हुन । अाइसल्याण्डको विश्वकपमा यो पहिलो गोल हो ।
प्रतिक्रिया दिनुहोस