दाङमा रूखबाट लडेर महिलाको मृत्यु

फाईल तस्वीर


माघ ७, दाङ ।
दाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको

जिल्लाको तुलसीपुर उपमहानगरपालिका – १३ बखरियामा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

स्थानीय देविराम कुसारीका अनुसार सितला शनिबार बेलुका ७ बजेतिर घर नजिकैको जंगलमा स्याउला काट्न गएकी उनी अबेरसम्म घर नआए पछि जंगलमा खोज्न जाँदा घाइते अवस्थामा फेला परेकी थिइन्।

घाइते सितलालाई तुलसीपुरस्थित तुलसीपुर सिटी हस्पिटलमा लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।

७ माघ २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको