नेकपाका नेता आदर्श सीद्वारा पक्राउ पुर्जीको अस्विकार, अदालतमा उपस्थित नहुने


पौष २४, काठमान्डौ। नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी गण्डक ब्युरो इन्चार्ज आदर्श सीले पक्राउ पुर्जीमा उपस्थित नहुने बताएका छन् । बाँके जिल्ला अदालतद्वारा जारि भएको ३५ दिने पक्राउ पुर्जी तिन बुंदे सहमति विपरित भएको बताउदै झुट्टा मुद्दामा उपस्थित नहुने बिज्ञप्ति मार्फत बताएका हुन् ।

उनले साम्राज्यवादी घेरामा रहेको दलाल सरकारकाले लगाएको झुट्टा मुद्दालाई अस्वीकार गर्दै खारेज गर्न माग गरेका छन् । नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड लगाएतका नेता तथा कार्यकर्ताहरुमाथि जारि गरेको पक्राउ पुर्जी खारेज नगरे संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

केन्द्रिय नेता आदर्श सीको घरमा बाँके जिल्ला अदालतद्वारा २०७९ साल माघ १९ गते जारि भएको पैतिस दिने पक्राउ पुर्जी टाँसीएको छ । पैतिस दिने म्याद भित्र अदालतमा हाँजिर हुन आदेश जारि गरिएको छ ।

२४ पुष २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको