पूर्वराजा ज्ञानेन्द्र शाहले भैरहवा पुगेर दिए अचम्मको प्रतिक्रिया (पुर्णपाठसहित)

फाईल तस्वीर

पुस १९, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकभित्रै रहेर देशको अवस्था नियालिरहेको बताएका छन्।

भैरहवामा बिहीबार नागरिक अभिनन्दन ग्रहण गर्दै शाहले नागरिकले आऊ, देश बचाऊ भन्ने आवाज सुन्न थालेको पनि बताए।

‘म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ। यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ पूर्वराजा शाहले भने।

उनले बुद्धभूमि सगरमाथाको देश, सुन्दर, अति मनोरम, यतिका सम्पदा, कतिकति मूल्य मान्यता र सभ्यता भएर कताकता हराइरहेको बताए। ‘कताकता आफैं हारिरहेका छौं,’ उनले भने।

समाज कानुन र व्यवस्थाबिना देश अस्तित्वमा रहननहुने बताउँदै देश सुहाउँदो, बलियो अभिष्टहरूमार्फत् अगाडि बढ्नुपर्ने बताए। ‘तर आज देश जर्जर भएको छ। बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिएको छ। देशको माया नभएर होइन, अवस्था बिग्रिएर, असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएका छन्। यस्तो अवस्थाको अन्त्य हुनै पर्छ,’ उनले भने।

हेर्नुस पुर्णपाठ

१९ पुष २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको