अखिल (क्रान्तिकारी) तुलसीपुरको तेस्रो नगर सम्मेलन सम्पन्न


पुस १९, दाङ । नेकपा निकट अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगर कमिटीको तेस्रो सम्मेलन भव्यतापुर्वक सम्पन्न भएको छ ।

बिहीबार तुलसीपुरको भुह्यारथानको सभाहलमा सम्पन्न भएको सम्मेलनले प्रेम सीको नेतृत्वमा २० सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

सम्मेलनले अध्यक्षमा प्रेम सी , उपाध्यक्षमा गोपाल बस्नेत र राधा डाँगी , सचिवमा लक्ष्मी रोका , सह-सचिवमा अविना गिरि , कोषाध्यक्षमा रोशन सुनार , छात्रा विभाग प्रमुखमा रिता रावल र खेलकुद विभाग प्रमुखमा अंकित बुढामगरलाई निर्वाचित गरेको छ । निर्वाचित नगर कमिटीको सदस्यहरुमा अनिश बस्नेत , तारा वली , गणेश डाँगि , विपना सी , दिपेश खड्का , सुनिता केसी , करुणा चौधरी , जया योगि , सृष्टि वली , प्रेम घर्ती , अनिता वली , यमुना वली , थम्मन सी र रश्मिला रोका रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीले मुलुकको राजनीतिक अस्थिरताको निकास युवा विद्यार्थीले दिनुपर्ने बेला आएको बताए । उनले भने– ‘संसदीय व्यवस्थाको कारणले मुलुक राजनीतिक अस्थिरता , अशान्ति एवम अराजकतामा फसेको छ । संसदीय व्यवस्थाका कारण नेपाली जनताहरु प्रत्येक दिन छटपटाइरहेका छन् , निस्सासिएका छन् । हाम्रो पार्टीले संसदीय व्यवस्थाको विकल्पमा वास्तविक शान्ति , समृद्धि र स्वाधीनता प्राप्तिको लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना निर्विकल्प बनेको स्पष्ट पार्दै आएको छ ।’

नेता प्रदिपले अहिलेको शिक्षाले विद्यार्थीहरुलाई बेरोजगार बनाइरहेकाले यसको विकल्पमा श्रम र उत्पादनसंग जोडिने समाजवादी शिक्षाका लागि युवा-विद्यार्थीहरुले निर्णायक संघर्ष गर्नुपर्ने बेला आएको समेत बताए ।

कार्यक्रमका अतिथि जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश वली , अखिल (क्रान्तिकारी) पश्चिम दाङका संयोजक नवीन सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य खुमन सी , नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकास सीले सम्मेलन सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनमा प्यानल प्रस्ताव नेकपा तुलसीपुरका सचिव शिव सीले गरेका थिए भने नवनिर्वाचित कमिटीलाई बधाई मन्तव्य नेकपाका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सी र अखिल (क्रान्तिकारी) देउखुरीका इन्चार्ज शिवजंग सीले गरेका थिए ।

कार्यक्रममा नेकपा पश्चिम दाङका सामना परिवारका कलाकाले बिबिध बिधाका जनसंगितका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

अखिल (क्रान्तिकारी) तुलसीपुरका निवर्तमान अध्यक्ष केवी सीको अध्यक्षतामा सम्पन्न सम्मेलनको सञ्चालन बिद्यार्थी नेता प्रेम सीले गरेका थिए भने स्वागत मन्तव्य गोपाल बस्नेतले गरेका थिए ।

१९ पुष २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको