रोल्पामा समाजबाद बिषयमा बृहत बहस हुँदै


असोज १३, रोल्पा। नेपाल कम्युनिस्ट पार्टी रोल्पाको आयोजनामा नेपाली विशेषताको समाजवाद बिषयक वृहत अन्तरक्रिया कार्यक्रम हुनेभएको छ । उक्त कार्यक्रम यहि आउदो असोज १६ गते रोल्पाको सदरमुकाम लिबाङ स्थित उद्योग बाणिज्य संघको सभाहलमा हुने मध्ये दक्षिण रोल्पाका इन्चार्ज तथा केन्द्रिय सदस्य आक्रोस सीले बताउनु भयो ।

बृहत बहसमा रोल्पा जिल्लाभरिका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी तथा बुद्धिजीवी, पत्रकारहरुलाई निमन्त्रणा गरिने नेकपा रोल्पाले बताएको छ भने कार्यक्रमका प्रमुख बक्ता नेकपा पोलिटब्युरो सदस्य सन्देश सी लगायत अन्य नेताहरुको उपस्थिति रहने छ ।

संसदीय ब्यबस्था फेल भएको दावी गरिरहेको नेकपाले समाजबादी ब्यबस्थाकालागी देशका केहि राजनीतिक दलहरुसंग समाजबादी मोर्चा गठन गरे पश्चात वर्तमान व्यबस्थाको बिकल्प समाजबादी व्यबस्थाको बहस पनि थालनी गरेको हो । यसरि जिल्लामा अवस्थित राजनीतिकदलहरु, समाजसेवी तथा बुद्दिजीवी, पत्रकार लगायतका प्रभुत्व व्यक्तिहरुसंग नेपाली विशेषताको समाजबाद विषयमा दोहोरो साक्षात्कार गर्ने बताईएको छ ।

पछिल्लो समय रबि लामिछानेको रोल्पा भ्रमण संगै सोच्न बाध्य भएको रोल्पामा एमसिसि परियोजना बारे समेत बहस हुनेछ । नेपाल कम्युनिस्ट पार्टीले हाल नेपालको अन्तर्राष्ट्रिय अन्तरविरोध अमेरिकी साम्राज्यबाद भएको बताएको छ । यस्ता बृहत मुद्दाहरुलाई समेत बहसमा ल्याउने नेकपाका नेताहरुले बताएका छन ।

१३ आश्विन २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको