दाङमा अटोरिक्सा दुर्घटना हुँदा युवकको मृत्यु, एक जना घाइते

फाइल तस्बिर

फागुन १६, दाङ । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३६ बर्षीय केदार भण्डारी रहेका छन् ।

मंगलबार बिहान ११ बजे तुलसीपुर उपमहानगरपालिका–३ दमार गाउँस्थित डाँडाखुटीदेखि बेलुवातर्फ जाँदै गरेको रा १ ह ४०९९ नम्बरको अटो अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।

घाइते भएपछि तुलसीपुरको राप्ती प्रदेशिक अस्पताल पुर्‍याइएका भण्डारीको थप उपचारको क्रममा बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–९ दोघरेका २५ बर्षीय सन्तोष ओली घाइते भएका छन् । घाइते ओलीको राप्ती पोलिक्लिनिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरीले अटो चालक तुलसीपुर–३ का २३ बर्षीय प्रेम घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६ फाल्गुन २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको