माडी गाउँपालिकाले ल्यायो ३८ करोड ५० लाखको बजेट (पूर्णपाठ)


असार १०, रोल्पा । रोल्पाको माडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३८ करोड ५० लाख १७ हजार ६ सय १९ रूपैयाँको बजेट पारित गरेको छ।

गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक खर्क बहादुर पुनले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय ५० लाख , चालू आ.व. मा खर्च नभइ बाँकी रहने अनुमानित रकम १ करोड , संघीय सरकारबाट प्राप्त अनुदान र राजस्व बाँडफाँड गरि ३४ करोड ३० लाख १ हजार ४००, प्रदेश सरकारबाट प्राप्त अनुदान र राजस्व बाँडफाँड गरि २ करोड सत्तरी लाख १६ हजार २ सय १५ रहेको छ । माडी गाउँपालिकाका ६ वटा वडाका लागि २ करोड ५७ लाख रकम पारित भएको छ।

आगामी आर्थिक वर्षका लागि सामाजिक विकास तर्फ ३ करोड १४ लाख, आर्थिक विकास तर्फ १ करोड २५ लाख ५० हजार, पुर्वाधार विकास तर्फ ७९ लाख ५० हजार, वा, वातावरण तथा विपद् व्यवस्थापन तर्फ २८ लाख ५० हजार र सुशासन तथा संस्थागत विकास तर्फ ५३ लाख २७ हजार ६ सय १९ रूपैयाँ विनियोजन गरिएको छ ।

यसै बिच गाउँ सभामा सभाका सदस्य खर्क बहादुर पुनले प्रस्तुत गर्नु भएको आर्थिक विधेयक २०८० र ललित घर्तीमगरले प्रस्तुत गर्नु भएको विनियोजन विधेयक २०८० सर्वसम्मत पारित भएको छ।

हेर्नुस पूर्णपाठ

१० असार २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको