लुम्बिनीमा माओवादी केन्द्रले कृष्ण केसीलाई मन्त्री बनाउँदै


पुस ७, दाङ । लुम्बिनीमा माओवादी केन्द्रको तर्फबाट कृष्ण केसी(नमुना)लाई मन्त्री बनाउने भएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार केसीलाई मन्त्री बनाउने गरि पार्टीले निणर्य गरेको बताए । केसीलाई खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्री बनाउने तयारी छ ।

माओवादीको भागमा उक्त मन्त्रालय परेकाले सोही मन्त्रालय केसीलाई दिने तयारी रहेको हो । बाँके क्षेत्र नं.१(१) बाट निर्वाचित केसी दोस्रो कार्यकालमा पनि प्रत्येक्ष निर्वाचित सांसद हुन् । उनले यस अघि एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा विनाविभागिय मन्त्रीको जिम्मेवारी पाएकी थिइन् । तर, उनलाई तत्कालिन आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री दिने तयारी भएपछि त्यो जिम्मा नलिने भन्दै मन्त्रीबाट राजीनामा दिएकी थिइन् । माओवादी केन्द्रबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एकमात्र महिला थिइँन् । हालको मन्त्री परिषदमा माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन् ।

प्रदेशमा सरकार गठनको ७ महिना पछि लुम्बिनीमा सरकार विस्तार गर्न लागेको हो । माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाएको भएपनि काँग्रेसले अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन । मुख्यमन्त्री चौधरीले प्यूठानका सरोज थापालाई मन्त्री बनाउन चाहेको भएपनि काँग्रेस प्रदेश समितिले त्यसलाई असहमति जनाएको छ । शेखर कोइराला समूहले सोही कुरामा असहमति जनाएको छ । पार्टीको प्रदेश समितिसंग समन्वय नगरे त्यो कुरा मान्य नहुँने काँग्रेसका संसदीय बोर्ड सदस्य विष्णु पोख्रेलले बताए ।

हाल काँग्रेसबाट एक जना र माओवादी केन्द्रबाट एक जना मन्त्री पढाउने र बाँकी रहेको एक मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नै हेर्ने गरि तयारी रहेको छ ।

शनिबार प्रदेश सरकार विस्तारको तयारी गरिएको अर्थमन्त्री मास्कीले बताए । लुम्बिनीमा १० मन्त्रालय मध्ये ८ वटा मन्त्रालयमा मात्रै मन्त्री छन् । तीन वटा मन्त्रालय हाल खाली छन् । वन तथा वातावरण मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात व्यबस्था मन्त्रालय, खानेपानी,ग्रामिण तथा सहरी विकास मन्त्रालय खाली रहेका हुन् । ती मन्त्रालय हाल मुख्यमन्त्रीले हेर्दै आएका छन् । साथै सत्ता पक्षले चारवटा समितिको सभापति बाँडफाँटको विषयमा पनि छलफल गरिरहेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले बताए । दुई वटा समिति भने प्रतिपक्षलाई दिने सहमति भएको छ ।

 

७ पुष २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको