एमसीसी कार्यान्वयनमा लगिए अमेरिकाविरुद्ध प्रतिरोध संघर्ष गर्ने विप्लवको चेतावनी


भदौ ५, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) कार्यान्वयनमा लगिए अमेरिकाविरुद्ध प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएको छ ।

नेकपाले एमसीसी र सरकारबीच कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर गर्न लागेको भन्दै यस्तो स्थितिमा एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय सम्पूर्ण रुपले अस्वीकार्य एवं असैह्य रहेको उल्लेख गरेको छ । मंगलबार पे्रस विज्ञप्ति जारी गर्दै नेकपाले एमसीसी अमेरिकी साम्राज्यवादी शासक गुटकाविरुद्ध सम्पूर्ण रुपले प्रतिरोध संघर्षमा उत्रिने चेतावनी दिएको हो ।

अमेरिकाले सहयोग गर्न चाहन्छ भने ऊ निशर्त नेपाल सरकार मातहत आउनुपर्छ तर ऊ त्यसरी नआएर नेपाललाई आफ्नो सैन्य अखडा बनाउने घोषित उद्देश्यसहित आइरहेको नेकपाको ठहर छ ।

नेकपाले १ हप्ते सघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । नेकपाले भदौ ६ गते देशव्यापी बालिङ, ७ गते एमसीसीको पुत्ला दहन, ८ गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन, ९ गते गाउँगाउँमा जागरण प्रचार, १० गते देशव्यापी जनप्रदर्शन, ११ गते काठमाण्डौमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम र १२ गते नुवाकोट, तनहुँमा एमसीसीबारे अन्तरक्रियाका कार्यक्रम सार्वजनिक गरेको हो ।

५ भाद्र २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको