होलेरीमा बिचौलिया कृषक र व्यापारी तरकारीसहित पक्राउ

हाटबजार समितिले गर्यो १५ हजार जरिवाना


भदौ ४, रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका होलेरी हाटबजार समितिले बिचौलिया कृषक र व्यापारीलाई अवैध तरिकाले तरकारी किन बेच गरिरहेको समयमा पक्राउ गरेको छ ।

हिजो आइतबार हाटबजार समितिले गोप्य सुचनाका आधारमा रुन्टिगढी गाउँपालिका वडा नम्बर ८ लिबाङ टोलका बिचौलिया कृषक र व्यापारी बिच अवैध तरिकाले तरकारी किनबेच गरिरहेको समयमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा लिबाङ टोलका करिव १५/२० जना कृषक र स्थानीय व्यापारी कमल रोकालाई अनुमानित १०० क्यारेट टमाटर र अन्य खुर्सानी, गोपि ट्याक्टरमा लोड गरि पठाएको र बाकी तरकारी तौलिने क्रममा तरकारी सहित पक्राउ गरिएको थियो ।

पक्राउपछि हाटबजार समितिले ट्याक्टर र तरकारी सहित जफत गरि ईलाका प्रहरी कार्यालय होलेरी लाई बुझाएको थियो । त्यस प्रश्रात होलेरी हाटबजार समितीलाई व्यापारीले रु १५ हजार जरिवाना बुझाइ तरकारी र ट्याक्टर लगेको हाटबजार समितीका अध्यक्ष चन्द्र प्रकाश महराले जानकारी दिए ।

अध्यक्ष महराले भने- ‘हाम्रो हाट बजार विधान अनुसार संचालन हुन्छ, यदि कसैले हाटबजार समितिलाई असफल बनाउन खोजेमा कानुन बमोजिम कारबाही हुन्छ, कोहि कसैलाइ बाकी राखिन्न, कसैले पावर र पहुँचका आधारमा अबैध तरकारी किन बेच गर्ने प्रयास नगर्न चेतावनी दिन चाहन्छु ।,’

उक्त अवैध तरकारी किनबेच गर्ने कृषक र बिचौलियालाई पक्राउ गर्न हाटबजार संचालन समितीका अध्यक्ष चन्द्र प्रकाश महराको टिम ईलाका प्रहरी कार्यालय होलेरीको प्रहरी टोलि सहित उक्त स्थानमा पुगेको थियो ।

४ भाद्र २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको