नेकपाका केन्द्रिय नेता आक्रोस सीलाई प्रहरीद्वारा २१ दिने समाव्हान म्याद जारि,


मङसिर ३, रोल्पा  । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेता तथा नेकपा मध्य रोल्पाका इन्चार्ज आक्रोस सीका नाममा जिल्ला प्रसासन कार्यलय बाग्लुङले २१ दिने समाव्हान म्याद जारि गरेको छ ।  उक्त म्याद पत्रमा २१ दिन भित्र जिल्ला प्रसासन कार्यलय बाग्लुङमा उपस्तित हुन भनिएको छ ।

प्रहरी नायक निरीक्षक मंगल प्रसाद गुरुङको जाहेरी अनुसार अभद्र ब्यबहार मुद्दामा २१ दिने समाव्हान म्याद जारि गरेको हो ।

जंग बहादुर भण्डारी बिगत प्रतिबन्दको समयमा काँस्की जिल्लामा सेक्रेटरीमा कार्यरत थिए । सोहि समयमा आक्रोस लगाएको टिम गिरफ्तार भएका थिए ! उक्त समयमा आक्रोसलाई फौजदारी कसुरमा ९ वटा जिल्लाका हिरासतमा पुर्याएको थियो । त्यहि प्रतिबन्दको बेलाको मुद्दालाई हाल प्रहरीमाथि अभद्र ब्यबहार कसुरको मुद्दा हो ।

नेता आक्रोसले सरकारले प्रतिबन्दकालिन मुद्दाहरु ब्युजाएर ३ बुंदे सहमतिको उलंघन गरेको आरोप लगाएका छन् । उनले भने, ‘सर्बोच्चले बन्दि प्रत्यक्षीकरण रिट जारि गरिसकेपछि सोतः मुद्दा खारेज हुनुपर्नेमा फेरी मुद्दा ब्युझाएर सर्बोच्च अदालतको कानुन समेत नमान्ने कस्तो राज्य हो’ । नेकपा र सरकार बिच भएको सहमतिको उलंघन गर्दै गएमा देशमा फेरी द्वन्द निम्तिने समेत आक्रोसले बताएका छन ।

सरकारी फौजदारी मुद्दामा तत्काल पक्राउ नपरेको प्रतिबादिलाई उपस्थित हुन भनि पठाइने सुचना तथा सांक्षीलाई उपस्थित हुन भनि पठाइने सूचनालाई समाव्हान म्यादको रुपमा जारि गरिन्छ ।

 

३ मंसिर २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको