यी हुन वानएक्स बेटमा पक्राउ परेका आठ जना चर्चित कलाकार र युट्युबर


जेठ ३२, काठमाडौं । वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो।

जसमा हास्यकलाकार ‘बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली छन्।

युट्युब च्यानलमा नेपालमा अवैध वनएक्स बेटको प्रचार गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए ।

उनीहरूले सोझा मानिसहरूलाई गेम खेलेर वा गेमको प्रेडिक्सन गरेर घरमै बसीबसी पैसा कमाउन सकिने लोभ देखाउने गरेका छन् । यसका लागि उनीहरूले आफ्नो युट्युब च्यानलमा अपलोड भएका भिडिओ/वा डिस्क्रिप्सनमा बेटिङ एपको प्रोमो कोडसहित त्यससम्बन्धी प्रचार सामग्री राख्ने गर्छन् ।

यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो। त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

३२ जेष्ठ २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको