दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ


चैत २७, दाङ । दाङमा प्रहरीले एक नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका ८ कोइलाबास बस्ने करिब ३२ वर्षीय मानसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनलाई गतराति साढे १२ बजेतिर गढवा गाउँपालिका ४ डाँडा गाउँबाट एक नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।

उनका अनुसार केही ब्यक्तिहरू हातहतियार सहित शंकास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इप्रका गढवा र इप्रका कोइलाबासबाट गएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा दिल कुमार पुनमगरको घर छेउमा खाली जग्गामा भरुवा बन्दुक फेला पारेको थियो ।

सोही ठाउँमा शंकास्पद रुपमा रहेका ब्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा बन्दुक सुनारको रहेको भन्ने खुलेपछि उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२७ चैत्र २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको