गंगादेव गाउँपालिकामा नेकपाको युवा संगठन नेपालको भेला सम्पन्न


कार्तिक १९, रोल्पा । नेपाल कम्युनिस्ट पार्टी गंगादेवमा पार्टीको सहायक संगठन मानिने युवा संगठन नेपालको चौथो भेला सम्पन्न भएको छ । चौथो भेलाले लोकेन्द्र डाँगीको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरेको छ ।

कमिटीको अन्य पदाधिकारीहरु उपाध्यक्षमा अमृत मगर, सचिवमा बेद प्रकास, सह-सचिव मुस्कान वली र कोषाध्यक्षमा हरि बहादुर घर्ती मनोनीत भएका छन ।

भेलाका प्रमुख अतिथि तथा नेकपा केन्द्रिय सदस्य आक्रोसले संसदीय व्यबस्थाको बिकल्प बैज्ञानिक समाजबादी ब्यबस्था भएको दावी गरे, उनले भने जनयुद्दको उत्थान संसदीय व्यबस्थाको अन्त्यगरि बैज्ञानिक समाजबादी व्यबस्थाको स्थापना गर्नु थियो ।

कार्यक्रममा अन्य अतिथिहरु केन्द्रिय प्रतिनिधि सदस्य विश्व सी, पश्चिम रोल्पा जिल्ला सेक्रेटरी सन्दिप सी लगायतले मन्तब्य राख्ने कार्य भएको थियो ।

कार्यक्रमको सभापति नन्दुलाल वली रहेका थिए भने खिम लाल वलीले संचालन गरेका थिए ।

 

२० कार्तिक २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको