घर्तिगाउँमा संचालित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ७ सय बढिले लिए सेवा


बैशाख २३, रोल्पा । रोल्पाको माडी गाउँपालिका २ घर्तिगाउँमा संचालित १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

माडी गाउँपालिका रोल्पा,गोर्खा पब्लिक हस्पिटल घोराही दाङ र सत्प्रयास समुह रोल्पाको आयोजना तथा नेपाल औसधि व्यवसायी संघ दाङको सहकार्यमा संचालित नि:शुल्क स्वास्थ्य शिविरमा कुल ७१८ जनाले सेवा लिएको आयोजकले जानकारी दिएको छ । शिविरमा नि:शुल्क भिडियो एक्सरे, विभिन्न विशेषज्ञ सेवाका साथै नि:शुल्क ल्यावको पनि सेवा रहेको थियो । शिविरमा सम्पुर्ण बिरामीको लागि औसधि पनि नि:शुल्क रहेको थियो ।

स्वास्थ्य शिविरमा ५५४ महिला र १६४ जना पुरुषले सेवा लिएको बताएको छ । शिविरको समापन गर्दै गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले गाउँपालिकाले एक्लै जनताको सेवामा गर्नैपर्ने कर्तव्यमा सहयोग गरेकोमा अन्य आयोजक र सहयोगी निकायलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सत्प्रयास समुहका परिकल्पनाकार काशिराम डाँगी, खेम बुढा, नबिन लोचनमगरलगाएत पत्रकार माधव कुमार वली, स्वास्थ्यकर्मी कुल बहादुर डाँगी, समाजसेवी शेर बहादुर डाँगीलगाएतको सक्रियता रहेको थियो ।स्वास्थ्य शिविरमा अधिकांश माडी गाउँपालिका र केहि परिवर्तन गाउँपालिका तथा गंगादेव गाउँपालिकाबाट सेवा लिन आएको आयोजकले जानकारी दिएको छ ।

२३ बैशाख २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको