दाङमा कारमा आएर बसपार्कका बसहरुबाट डिजेल चोरी गर्ने दुई जना परे प्रहरीको फन्दामा


चैत २२, दाङ । मध्य राति निजी कारमा आएर पार्किङका बसहरुबाट डिजेल चोरी गर्दै गर्दा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित बसपार्कमा प्रबेश गरि एउटा बसबाट डिजेल चोरी गर्दै गर्दा प्रहरीले बेलुका दुई किशोरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले चोरी कार्यमा संलग्न रहेका तुलसीपुर – ९ बेलुवाका १८ बर्षीय नबिन केसी र सोही ठाउँकै सोही उमेर समुहका बिशाल रावतलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका ब्यक्तिहरु उपर आवश्यक अनुसन्धान हुन बाँकी नै रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

पक्राउ परेका केसी र रावत बुधबार बिहान २ बजेतिर ना ४ च ५७८७ नम्बरको कारबाट तुलसीपुर बसपार्क आएका थिए ।

यो कार तुलसीपुर उपहानगरपालिका वडा नं. ८ का दिलिप बिकको हो । बिक कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन । कार धनी बिक भने घटनामा संलग्न थिएनन् ।

बसपार्क भित्रै पार्किङमा राखिएको ना ४ ख ६४९५ नम्बरको बसबाट झन्डै २० लिटर डिजेर निकाली सकेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

चोरी गर्ने उनीहरु प्लाष्टिकका जर्किन (ग्यालिन) पनि साथमै लिएर आएका थिए । यसअघि पनि पटक÷ पटक तुलसीपुर बसपार्कबाट डिजेल मात्र नभइ गाडीका सामान र पाटपूर्जाहरु चोरी हुँदै आएको अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्तोष आचार्यले जानकारी दिए ।

चोरीका घटना बढ्दै गएपछि बस ब्यबसायीले सुरक्षाको लागि भनेर टिकट काउन्टरमै प्रहरीलाई बस्ने ब्यबस्था मिलाएका छन् । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । -फरक कोणबाट

२२ चैत्र २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको