होलेरी हाटबजारको तरकारी मुल्यले रोल्पा जिल्लामै नयाँ रेकर्ड कायम गर्यो


साउन १६, रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका होलेरी रोल्पामा संचालित कृषि हाटबजार होलेरीले रोल्पा जिल्लामै अहिले सम्मकै तरकारी भाउको नयाँ रेकर्ड कायम गरेको छ ।

हाटबजार संचालनमा आएको छैटौं दिन मङगलबार होलेरी हाटबजार समितीले निर्धारण गरेको टमाटरको न्युनतम मूल्य रु १२० रुपैयाँ र अधिकतम रु १४५ रहेको थियो । सोही टमाटरको मुल्यले आज रोल्पा जिल्लाकै तरकारी मुल्यमा नयाँ रेकर्ड कायम गरेको हो ।

हाट बजार संचालनमा आएको छैटौं दिन मङगलबार टमाटरको मूल्य १४५ सम्म उक्लिएपछि कृषकहरु उत्साहित भएका छन । रुन्टिगढी गाउँपालिका वडा न. ८ का रोहित वि.कले कृषी पेशामा ८ बर्ष देखि निरन्तर गर्दै आएको बताउदै आफुले अहिले सम्मकै धेरै मूल्य पाएको बताए ।

आज हाट बजारमा तरकारीले मुल्य पाएपछि प्रदेशमै आफ्नै माटोमा थप मेहेनत गर्ने उर्जा थपिएको बताए । साथै हाट बजार संचालनमा आएपछि आफुहरुलाइ निकै फाइदा भएको बताउदै हाट बजार संचालन गर्न कृषहरुले जस्तोसुकै अवस्थामा गाउँपालिका हाट बजार संचालक समितिलाइ साथ दिने बताए । अन्य कृषकहरुले हाट बजार संचालनमा ल्याउन मेहेनत गर्ने गाउँपालिका, हाट बजार संचालक समिति, गोल परियोजना (दुई)र समुन्नति परियोजनालाई धन्यवाद व्यक्त गरेका थिए ।

हाट बजार संचालक समितिका अध्यक्ष चन्द्र प्रकाश महराले कृषक खुशी देखिँदा आफुलाइ थप काम गर्ने उर्जा थपिएको बताए । साथै हाट बजार संचालनको ट्राइलमा रहेको बताउदै महराले ट्राइलको समयमा वडा तहका केही जनप्रतिनिधिहरु र केही व्यापारीहरु नै हाट बजारलाई असफल गराउन लागि परेको भन्दै दु:ख व्यक्त गरे । उनले भने-“तपाईहरुले किसानहरु सङ्ग राजनीति गर्न छोड्नुस,यदि किसान सङ्ग राजनिती गर्न छोड्नु भएन भने भोलि तपाईं माथी नै संङ्कट आइपर्नेछ “,।

१६ श्रावण २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको