दाङमा रैथाने खानाको प्रबर्द्धनमा जुटे विद्यार्थी


पुस १६, दाङ । तुलसीपुरमा एक कलेजका विद्यार्थीहरु नेपाली रैथाने खाना प्रबर्द्धनमा जुटेका छन ।

पछिल्लो समय लोपउन्मुख अवस्थामा पुग्न थालेको रैथाने खानालाई पर्यटन प्रबर्द्धन गर्ने मुख्य उद्देश्यले तुलसीपुर – ६ स्थित कुमाख कलेजका विद्यार्थीहरु यो अभियानमा जुटेका हुन ।

२०७४ साल देखि पर्यटन तथा हस्पिटालिटी म्यानेजमेन्ट बिषयमा अध्यन अध्यापन गराउँदै आएको कुमाख कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्स तुलसीपुरले शनिवार नेपाली रैथाने खाना प्रदर्शनी कार्यक्रम गरेको हो ।

त्यस कार्यक्रममा डिप्लोमा फर प्रोफेशनल कुकरी अध्ययनरत विद्यार्थीहरुद्धारा तयार पारिएका सातु र मोही,भुटेको जुनेली मकै,खसीको खुट्टाको झोल,कोदोको ढिडो र सिस्नुको झोल,कलिको अचार,काचो मेवाको अचार,माटे र राप,खुर्मा,साधेको कुखुरा लगाएतका रैथाने खानाहरु प्रर्दशनीमा राखिएको थियो ।

प्रर्दशनी कार्यक्रममा पुगेका तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले विद्यार्थीहरुले तयार पारेका खानाका परिकाहरु राम्रो सफा एवं स्वादिष्ट रहेको भन्दै चर्चा गरे ।

उनले दाङ जिल्लामा उत्पादन हुने रैथानजातको मकै,कोदो,फापर,सिस्नो,पुदिना,टिमुर,भटमास,भाङ्गो,सिलिङ,चिउरी विभिन्न जातको अन्न बाली लगाएत दहि,महि,घियु जस्ता परिकारहरुलाई प्रोत्साहन हुने गरि प्रबर्द्धन कार्यमा लाग्न गर्न सुझाव दिए ।

नेपाली खाना पनि बिदेशी भन्दा तागतिलो र स्वस्थकर भएकोले रैथाने खानालाई प्रर्वद्धन र प्रचार गर्न प्रर्दशनी कार्यक्रम गरिएको कलेजका संचालक तुफान केसीले बताए ।

त्यस्तै कलेजका प्रशिक्षक सेफ बिजय घिमिरेले नेपाली रैथाने खाना किन खाने,विदेशी भन्दा नेपली खानालाइ बढि महत्व दिनुपर्ने लगाएतका बारेमा जानकारी गराए ।

‘मानिसलाई स्वस्थ राख्ने भनेकै रैथाने खानाले हो,उनले भने ,तर रैथाने खानालाई धेरै मानिसहरुले रुचाउदैनन्,किनभने आयातित बस्तु तथा खाना प्रति स्थानीयको आकर्षण बढी छ ।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्थानी चौधरी,चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ती, सदस्य सन्तोष कुमार खड्का , तुलसीपुर होटेल ब्यवसायी समितिका अध्यक्ष टेकराम खड्का,सचिव नेत्र वहादुर वली,विभिन्न संघ सस्थाका कर्मचारी,पत्रकार लगाएतकाको सहभागीता थियो ।

१६ पुष २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको