कम्युनिस्ट सिध्याउने मुख्य रणनीतिमा एमसीसी नेपाल आउदैछ


केहि बर्ष यता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयले नेपाली समाज दुई कितामा विभाजित भएको छ। आजको दिनसम्म आउँदा झनै देश गहिरो भुराजनितिक द्वन्द्वमा फस्दै गएको छ । राष्ट्रघाती एमसिसिको विपक्षमा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैध ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायतका ६ दल र दुई मोर्चा, नागरिक समाज र राष्ट्र्वादीहरु देशैभरी एमसीसीको बिरुद्दमा विभिन्न संघर्षका कार्यक्रमहरु जारी राखेका छन । संघर्षका क्रममा प्रहरीको दमन र धरपकडसंगै गिरफ्तारीलाई सहजै पचाउदै आन्दोलनकारीहरुले अदम्य साहस देखाएका छन।

अर्कोतिर एमसिसि पक्षधर नेपाली कांग्रेसले सत्ताधारी कम्युनिस्टलाई फुटाएर, कम्युनिस्टको सत्ता च्युत गरेर, प्रमादेश मार्फत सरकारको नेतृत्व गरेका शेर वहादुर देउवाले सत्ता, शक्ति र पदको दुरुपयोग गरिरहेका छन् । देउवाले नेपाली कम्युनिस्टलाई सत्तालोलुपताको हडडी फ्याँकेर एमसिसि पास गराउने ध्याउन्नमा लागेका छन् । यहि फन्दामा पुष्पकमल दाहाल, केपी वली र माधवकुमार नेपाल पर्दैछन ।

त्यतिमात्र होइन, वामपन्थीहरूको पत्तासाप गर्ने एमसीसीको दीर्घकालीन योजनाको देउवा पुल बनिरहेका छन ।

एमसिसी विरुद्धको संघर्षमा सत्ता बाहिरका ६ कम्युनिस्ट पार्टीहरु सुरुदेखि ठोस धारणा सहित संघर्षमा छन, सत्ता अवसरको खोजीमा रहेर मध्यमार्गी भूमिकामा उभिएका सत्ता भित्रका नेकपा (माके), नेकपा (समाजबादी), जसपा र प्रतिपक्ष नेकपा (एमाले) दोहोरो चरित्र प्रदर्शन गरिरहेका छन ।

सबै भन्दा उदेक लाग्ने बिषय के छ भने, अमेरिकी साम्राज्यवाद मुर्दावाद! राष्ट्रिय स्वाधीनता जिन्दावाद ! भन्दै नारा लगाएर १० हजार बढी योद्धाको सहादत प्राप्त जनयुद्धको सर्बोच्च कमान्डर प्रचण्डको एमसिसि प्रतिको दोहोरो भुमिकाले विगतकै जसरी कार्यकर्ता र जनता भ्रमित पारेको छ। यद्यपि भखरै काठमाडौमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमाबाट पारित राजनीतिक दस्तावेजमा “१२ बुदे शान्ति सम्झौता, सेना समायोजन, मुखमा संविधान मनमा बिद्रोहको निति लगायतका विषयमा जनवादी केन्द्रियता मिचेर मनोगत र एकल निर्णय गर्नु गल्ती भयो ।” भनेर १५ बर्ष पछि स्वीकार त गरे, तर जतिबेला जनयुद्धमा मुख्य भुमिका खेल्ने मोहन वैध ‘किरण’, बाबुराम भट्टराई, राम वहादुर थापा ‘बादल’, नेत्र विक्रम चन्द ‘विप्लव’ लगायत नेताहरू हजारौं कार्यकर्ता, लाखौं सुभचिन्तक र जनता धेरै टाढा पुगिसकेका छन् ।

यति हुदाँहुँदै पनि बचनले त स्वीकार गरे, व्यवहारिकरूपमा के गर्छन् ? सबै हेरिरहेका थिए । प्रधानमन्त्री शेर बहादुर देउवा संग मिलेर गोप्यरुपमा हामी संसदबाट ४/५ महिनाभित्र एमसिसी पास गर्छौं भनेर हस्तान्तरण गरेर एमसिसी अध्यक्षलाई पठाएको पत्र सार्बजनिक भएपछि पठाएकै छैन भन्ने ब्यक्तिले कुटनैतिक पत्र हो भनेर जवाफ दिए। कार्यकर्ता सडकमा पठाएको दुई दिन पछि सत्ता गठबन्धनको बैठकमा एमसिसी टेबुल गर्न सहमति गर्ने, संसदमा टेबुल गरिरहदा आफू चुप लागेर बस्ने तर देब गुरुङ, कृष्ण महराहरुलाई बिरोध गर्न लगाएको दुई घण्टा पछी संसदीय व्यवस्था स्वीकार गरेपछी प्रक्रियामा जान दिनुपर्ने भो विपक्षमा मतदान गर्छौ । महाधिवेशनमा विगतमा दोहोरो र एकल निर्णय गर्नु मेरो गल्ती भो भनेको २ महिना नपुग्दै व्यावहारिक रूपमा उल्टो भयो।

सत्ता गठबन्धनमा सहभागी अर्को पार्टी नेकपा (समाजबादी)ले सरकारमा पनि रहने र कार्यकर्ता सडकमा पनि पठाउने, मन्त्रीहरुले पक्षमा र संसदले विपक्षमा मतदान गर्ने, त्यस्तै गरि जसपा भित्र उपेन्द्र यादव र बाबुराम भट्टराई एमसिसिको विषयमा विवाद चुलिएको छ। राष्ट्रियताको विषयमा पार्टी भित्र एक मत नहुनू चरम अकर्मण्यता, अवसरवाद तुच्छता हो।

त्यस्तैगरि नेकपा (एमाले)को इतिहास नै दोहोरो चरीत्रको छ । कुनै पनि विषयमा खुल्ला र स्पष्ट नहुने एमसिसिको सवालमा पनि सत्तामा हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को धारणा राख्ने गरेको छ । हाम्रो पार्टीले कार्वाही गरेका १४ जना संसदलाई कार्वाही गरिदिनु पर्छ, होइन भने सभामुख अग्नि सापकोटालाई हटाउनु पर्छ, जस्ता बेतुकका मागमा राष्ट्रियता साट्ने जस्तो आलोकाँचो, अपरिपक्व, निकृष्ट अभिव्यक्ति दिंदै छन । यद्यपि एमाले अन्यायमा परेको भए पनि राष्ट्रियतामा हानी पुग्ने सम्झौता गरेर न्याय प्राप्त हुँदैन ।

कंग्रेसको एम्बुसमा एमाले पर्छ वा पर्दैन समयले पुष्टि गर्ला । एमालेसंग जनताले महाकाली सन्धि गरेदेखीको हिसाब किताब गर्न बाँकी छ यदी एमसिसि पनि पास गर्ने हो भने एमाले पार्टी जनताले खरानी बनाउने पक्का छ ।

कम्युनिस्टहरु बिचारप्रतिको अटल विश्वास, क्रान्तिप्रतिको अनुप लगाब, तुच्छ निजि स्वार्थप्रतिको घृणा, पार्टी क्रान्तिप्रतिको बलिदान र समर्पण, अनुशासित र प्रतिबद्ध निष्टा हुनुपर्छ । नेतृत्वले ठोस परिस्थितिको ठोस विश्लेषण गरि तत्काल निर्णय लिनसक्नु पर्छ । हैन भने आफ्नो ब्याक्तित्व, आफ्नो कार्यकर्ता, आफ्नो पार्टी र देश विलय हुने निश्चितै छ । नेतृत्वमा घमण्डता र निरङ्कुशता नभई जवाफदेहिता, स्पष्टता, नैतिकता र योग्यता चाहिन्छ । इतिहासका खास खास अबस्थामा कम्युनिस्ट नेतृत्वलाई चुनौती र अवसर आउने गरेका छन् । चुनौतीलाई अवसरमा परिणत गर्ने कि चुनौती सामना गर्न नसकी पतन हुने ? त्यो त बस्तुको बिकास र बिनास त्यसको आन्तरिक पक्ष प्रधान हुन्छ भने बाहिरी पक्ष सहायक हुन्छ। भने जस्तै नेपाली कम्युनिस्टहरुको बिकास कि बिनास उनीहरुको आन्तरिक पक्षनै प्रधान हुन्छ, अरु पक्ष सहायक हुन्छ।

नेपाली कम्युनिस्टहरुलाई एमसिसिले चुनौतीसंगै अवसर पनि दिएको छ । विगतका कमजोरी सच्याउने अवसरको रूपमा लिनुपर्छ । विभाजित माओवादी घटक मात्र होइन सम्पूर्ण कम्युनिस्टहरु एक हुने एउटा आधार तयार गर्न अवसरको रूपमा लिनसक्नु पर्छ ।

यो प्रबल सम्भावना पनि छ। नेकपा महासचिव विप्लवले ‘एमसिसी विरुद्धको संघर्ष र सकारात्मक पक्ष’ शिर्षकको लेखमा “एमसिसी विरुद्धको संघर्षमा सहभागी बनेका सबै देशभक्त अग्रगामी क्रान्तिकारी शक्तिले कम्तीमा एमसिसी खारेजी गर्ने तहसम्म पुग्नु पर्छ, सम्भब भएसम्म दलाल संसदीय व्यवस्थाको ठाउँमा बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने तहसम्म पुग्ने जोड लगाउनु पर्छ । यो परिणामको लागी आ-आफ्नो ठाउँबाट तयार बनौं ।” जसबाट एमसिसि विरुद्धको संघर्षले एमसिसिको खारेजीसंगै समाजवादीको यात्रा प्रारम्भ गर्नुपर्छ । त्यसका लागी आफू सदैव जस्तो सुकै योगदान गर्न तयार भएको कुरा स्पष्ट छ । नेपाली जनताका लागी त्याग्न बाकिँ रहेको भौतिक शरीर पनि आवश्यकता परे त्याग्न तयार भएको कुरामा जनतालाई बिश्वास छ ।

एमसिसिको विषयले प्रचण्ड र प्रचण्डको पार्टी (माओवादी केन्द्र)ले विगतका कमजोरी सुधार्ने अवसरकोरूपमा लिने कि भष्मासुर हुने बाटो लिने त्यो उनीहरुको गतिविधिले निर्धारण गर्छ ।

यदी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर कार्यकर्तासंगै सडकमा पठाउनु पर्छ । संसदरुले संसदमा विपक्षमा मतदान गर्ने मात्र होइन भौतिक संघर्षको नेतृत्व गर्ने सक्नुपर्छ । सत्ता गठबन्धन पनि बचाउने एमसिसि पनि पास गर्ने तर जनतालाई हामीले रोक्न खोजेकै हो तर कंग्रेस एमाले अरुले पास गरे भनेर पन्छिने काम गरेको छ कि साच्चिकै सबै त्यागेर विपक्षमा उभिएको छ। राजहासले दुध र पानी छुट्टयाइए जस्तै जनताले छुट्टयाउने छ्न।ब्याज सहित हिसाब किताब गर्नेछन् ।

अन्त्यमा, आर्थिक, राजनीतिक र सांस्कृतिक ढोकाहरुबाट साम्राज्यवाद प्रवेश गर्छ, नेपालमा अमेरिकी साम्राज्यवाद एमसिसी नाममा तीन वटै ढोकाबाट एकैपटक प्रवेश गर्दैछ। एमसिसिको धारा ७ मा यो सम्झौता र नेपालीको कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ । एमसिसी कम्प्याक्टलाई नेपाल सरकारले सल्लाह सुझाव सम्म दिन नपाउने लगायतका प्राबधान छ ।

हिन्द प्रशान्त सैन्य रणनीतिको एउटा अगं भएको कुरा अमेरिकी अधिकारी हरु नै भनिरहेका छन् । त्यसैले यसको खारेजी गरि राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, अखण्डता र नेपाली भूमिकाको रक्षाका निम्ति सबै देश भक्तहरु, क्रान्तिकारी शक्तिहरु, पुर्बमाओवादी र सबै कम्युनिस्टहरु एक हौँ । एमसिसी खारेजी मात्र होइन निकट भबिस्यमा बैज्ञानिक समाजवादी प्राप्त गर्न सक्छौं ।

लेखक नेकपा पुर्व रोल्पा जिल्ला सेक्रेटरी हुन

१४ फाल्गुन २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको