चुनावी भण्डाफोर नारा लेख्ने नेकपा कार्यकर्ता गिरफ्तार, ८ घण्टापछी रिहाई


कार्तिक ८, बाँके । चुनावी भण्डाफोर नाराहरु भित्तामा लेख्दै गरेका नेपाल कम्युनिस्ट पार्टी बाँकेका २ जना कार्यकर्तालाई भगवानपुर ईलाका प्रहरी चौकी बाँकेले गिरफ्तार गरेको थियो । कार्तिक ७ गते, सोमबार करिब १ बजे गिराफ्तारगरि साँझ ८ बजे छोडेको नेकपा बाँकेले जनाएको छ ।

गिरफ्तार हुनेहरुमा अनेरास्ववियु (क्रान्तिकारी) बाँकेका जिल्ला अध्यक्ष र नेपाल कम्युनिस्ट पार्टी बाँके जिल्ला समिति सदस्य धर्मराज बडवाल रहेका थिए । उनीहरुले आउदै गरेको मंसिर ४ गतेको चुनावको भण्डाफोर गर्दै नाराहरु भित्तामा वालपेन्टिङ गरिरहेका थिए ।

यसअघि आइतबार, ६ गते नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेको पहिलो बैठक सम्पन्न भएको थियो । बाँके जिल्ला सेक्रेटरी कल्पनाको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा पोलिटब्युरो सदस्य चुडामणि वली ‘आदर्श’को उपस्थिति रहेको थियो ।

८ कार्तिक २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको