रोल्पाकि एक महिलासहित चारजना दाङका छुट्टाछुट्टै स्थानबाट पक्राउ


असोज ५, दाङ । दाङमा लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्बजनिक गरेको हो ।

प्रहरीले गढवा गाउँपालिका–१ कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा लागुऔषध कारोबार गरिरहेको बेला कपिलवस्तु नगरपालिका–१० जगदीसपुरका २५ बर्षे हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका–११ निवासी १८ बर्षे मोहबद खाँनलाई मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिएका छन ।

प्रहरी प्रमुख वलीका अनुसार लागुऔषध ओसारपसारमा प्रयोग गरेका लु ६८ प १६६६ र लु ५५ प ६८३७ नम्बरका मोटरसाइकल समेत प्रहरीले बरामत गरेको छ ।

त्यस्तै प्रहरीले लमही–९ अमिलियाबाट घोराही–१३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरापलिका ६ कोटगाउँ घर भइ हाल घोराही उपहानगरपालिका–१३ सेवार बस्ने ३८ बर्षकी खुशी पुन मगर भनिने एकता पुन मगरलाई चरेशसहित पक्राउ गरेको छ । चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

५ आश्विन २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको