जिनाबाङका ब्यबसायिक किसानहरुले रासायनिक मल पाएनन, करोडौ घाटा बेहोर्दै


माघ ०६, रोल्पा । आधुनिक तथा ब्यबसायिक खेतीमा अग्रसर रहेका रोल्पा जिनाबाङका किसानहरुको आलु लगाउने सिजन सुरु भएको छ । स्याउ उत्पादनमा अब्बल मानिने जिनाबाङका किसानहरुले स्याउका लागि चाहिने रासायनिक मल प्रयोग गर्ने समय पनि आजभोली नै हो ।

तर अहिलेसम्म रासायनिक मल नआईपुग्दा किसानको उत्पादनलाई प्रभाब पार्ने देखिन्छ । आलु र स्याउ खेतिबाट मात्रै करोडौ आम्दानी गर्ने किसानहरुले रासायनिक मल नपाउदा करोडौको घाटा बेहोर्नु पर्ने देखिन्छ ।

आधुनिक कृषि प्रणालीमा जोड दिएको नेपाल सरकारले कृषकहरुलाई प्रयाप्त मात्रामा रासायनिक मल ब्यबस्थापन नगरिदिनुले किसानहरु उत्पादन देखि निरुत्साहित हुने खतरा देखिएको छ । कृषकहरुलाई विभिन्न अनुदानका नाममा प्रोत्साहन गरेपनि खास उत्पादनकालागि आबस्यक रासायनिक मल समयमै ब्यबस्थापन नगरिदिँदा किसानहरुको उर्बर शक्ति र समय त्यसै खेर गैरहेको छ ।

स्मार्ट कृषि गाउँ मनिमारेका सक्रिय किसान भिम बहादुर खत्रीले अहिलेसम्म मल नपाउदा दुखेसो पोखे । उनि भन्छन ‘आलु खेति सिजन आइसक्यो हालसम्म रासायनिक मल पाएका छैनौ, हामी किसानहरुले परिश्रम गरेर पनि गरिखान नपाइने भयौँ’ ।

त्यस्तै अर्का किसान रुपलाल केसी ‘गर्जन’ले मल नपाउदा स्याउ उत्पादनमा समेत असर हुने बताए । एकातिर उत्पादित बस्तुको बजार भाउमा समस्या देखिन्छ, अर्को तर्फ मलखादको समस्या बर्षेनी झेल्दै आएका छौ’ केसीले सुनाए ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड गंगादेव-२ अध्यक्ष राम बहादुर खत्री रासायनिक मल ब्यबस्थापनका लागि दाङ घोराहीमा रहेका वितरण केन्द्र कृषि सामाग्री कम्पनि लिमिटेड शाखा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखामा पुगे तर त्यहाँ नेपाल सरकारबाट स्वीकृत पाएको युरिया बाहेक कुनै मल नभएको सुनाए ।

कृषिमा अग्रसर जिनाबाङको मनिमारे क्षेत्र

नेपाल सरकारबाट स्वीकृत नभएका केहि रासायनिक मलहरु एसएसपी, एसएसपी बोरोन, जिंक मलहरु भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखामा छ तर उक्त मल यस अघि प्रयोग गर्दा प्रभावकारी नभएको सहाकारी संस्थाका अध्यक्ष राम बहादुर वलीले बताए । उक्त मल भरपर्दो नहुँदा स्थानीय तह र स्थानीय तहको कृषि शाखामा परामर्श लिंदा किसानहरुको राय सल्लाह बिना मल नल्याउने भनेपछि उनि रित्तो हात फर्किए ।

अगुवा कृषक राम बहादुर वली भन्छन, हाल उपलब्ध एसएसपी, एसएसपी बोरोन, जिंक रासायनिक मल नेपाल सरकारद्वारा मान्यता प्राप्त होइनन र यस अघिको प्रयोगले प्रभावकारिता नदेखाएको हुँदा किसानहरुको राय सल्लाह अनुसार मात्रै उक्त मल ल्याउन सकिने बताए ।

केहि किसानहरुले नेपाल सरकार र मल बिक्रेता केन्द्रहरु माथी प्रश्न उठाएका छन । नेपाल सरकार र रासायनिक मल आयातित निकायहरुद्वारा खरिद प्रक्रियामा ढिलाई र कमिसनको दाउपेचका कारण समयमै रासायनिक मल आउन नसकेको अगुवा किसानहरुको गुनासो रहेको छ ।

राज्य र त्यससंग संबन्धित निकायहरु केवल तराईको धानबालीलाई लक्षितगरि खरिद प्रक्रिया गर्दा पहाडका किसानहरुलाई मर्का परेको साना किसान सहकारी संस्था गंगादेव २ का प्रबन्ध निर्देशक बिष्णु खड्काले बताए । ‘उनले भने’ रासायनिक मल खरिद प्रक्रियामा तराईको धान उत्पादनलाई लक्षितगरि खरिद गर्दा पहाड तथा हिमाली भेगको उत्पादनलाई मल आउन ढिलाई भएको हो । ‘ उनले भने ‘रासायनिक मल आउन बर्षेनी ढिलाई हुँदै आएको छ, यो बर्ष त झन धेरै ढिलाई भयो, यो राज्य र सम्बन्धित निकाएको कमजोरी हो ।             ‘

रासायनिक मल वितरण केन्द्र कृषि सामाग्री कम्पनि लिमिटेड शाखा घोराही दाङका शाखा प्रमुख टोपा राम गौतमले रासायनिक मल आउन अझै समय लाग्ने पोष्टपाटीलाई बताए । ‘उनले भने ‘सरकारी निकायद्वारा रासायनिक मल भित्र्याउन पहल भैरहेको छ, अब मल फागुनसम्म आउन सक्छ’ । मल आउन ढिलाई हुनुको कारण बारे शाखा प्रमुख गौतमसंग बुझ्दा, उनले भने ‘चिन र रसियाले रासायनिक मल उत्पादनमा न्यून हुँदा अन्यदेशहरुमा निर्यातमा प्रतिबन्ध लगाएकै कारण रासायनिक मल अहिले सम्म नेपाल आयातित हुन नसकेको हो ।’

स्मरणीय होस, विश्व कै सबै भन्दा धेरै रासायनिक मल उत्पादन गर्ने देश चिन र रसिया पर्दछन । नेपालमा अधिकांस कृषकहरुले डीएपी र युरिया लगायतको रासायनिक मल प्रयोग गर्दै आएका छन ।

चिन र रसियाले न्यून मात्रामा मल उत्पादन गरेपछि अन्तर्राष्ट्रिय मुल्य तिन गुणा बढी हुने अनुमान गरिएको छ । यसरि नेपाल भित्रिएको महँगो मलखाद किसानहरुले प्रयोग गर्न सक्छन कि सक्दैनन् ? यसले पनि असर पार्ने देखिन्छ ।

बिक्रेता केन्द्रहरु र नेपाल सरकारले जे सुकै परिभाषा लगाएपनि आफ्नै देशमा रासायनिक मल उत्पादन गर्न नसक्नु र अनुदानद्वारा भित्रिने मलमा पहल कर्ताहरुद्वारा कमिसनको खेलमा लाग्नु र केहि कोरोना प्रभावको कारण प्रतिकुल बन्नुले किसानहरुको उत्पादनलाई असर पारिरहेको छ ।

मल ब्यबस्थापनका बिषयमा हालको गठबन्धनको सरकार नेपाली काँग्रेस र माओबादी मन्त्रि बिचमा जुहारी चलिरहेको बताइन्छ । स्रोतका अनुसार माओबादी खेमाका नेताहरु बर्षमान पुन र जनार्दन शर्मा लगाएतका नेताहरु अब रासायनिक मल देशभित्रै उत्पादन गर्ने जोडबलमा देखिन्छन भने नेपाली काँग्रेसका नेता तथा मन्त्रीहरु अनुदान दिएरै भएपनि बाहिय देशहरुबाटै रासायनिक मल भित्र्याउने ध्याउन्तमा देखिन्छन ।

रासायनिक मल ब्यबस्थापनमा ढिलाई हुनुको एउटा कारण आन्तरिक खिचातानी भएको स्रोतको दावी छ ।

 

६ माघ २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको