गठबन्धनलाई बिजय गराउने निर्णय भएको छ: बर्षमान पुन


कात्तिक २७, रोल्पा । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचीव तथा रोल्पाबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार बर्षमान पुन मगर(अन्नत)ले गठबन्धनलाई जसरी पनि बिजय गराउने निर्णय भएको बताएका छन् ।

निर्वाचन परिचालन समिति क्षेत्र नं.१ ख रोल्पाले घर्तिगाउँमा आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

सभाको प्रमुख अतिथी समेत रहेका पुन मगरले रोल्पामा २०६४ सालको शान्ति प्रक्रियादेखि चुनावमा भाग लिए यता माओवादी केन्द्र पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो शक्ति भएको समेत बताए ।

उनले भने- ‘दुई ठूलाठूला शक्ति मिल्दा रोल्पामा त्यति धेरै समस्या छैन । पार्टीको गठबन्धनको निर्णय के भएको छ भन्दा जे जसरी भएको पनि बाम लोकतान्त्रिक गठबन्धन भएकोले सबै ठाँउमा सफल बनाउने निर्णय भएको छ । रोल्पामा चार दलको मत संख्या हेर्दा करिब ६६ हजार हुने देख्छु । त्यसैले रोल्पामा गठबन्धनलाई त्यति समस्या देखिदैन तर नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य समेत रहेका दीपेन्द्र पुन ‘सिजल’ले स्वतन्त्र उम्मेदवार दिएपछि केही असहज जस्तो मात्र भएको हो।’,

उनले रोल्पाली जनताले आफुहरुलाई नै बिजय बनाउने दावी समेत गरे । रोल्पाबाट आफूहरू निर्वाचित भएपछी रोल्पाको विकास र समृद्धिले प्राथमिकता पाउने पुनको भनाई थियो ।

२७ कार्तिक २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको