वैद्य नेतृत्वको माओवादीका केन्द्रीय सदस्यसहित ९ जना पक्राउ


फागुन १, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कृष्णभक्त महर्जनसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ ललितपुरमा मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पुल्चोकस्थित मन्त्री क्वार्टर आसपासमा निषेधित क्षेत्र तोडेर मसाल जुलुस निकाल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सो क्रममा भएको झडपमा एक प्रहरी जवान समेत घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । एमसीसीको विरोधमा क्रान्तिकारी माओवादीले मसाल जुलुस निकालेको हो ।

१ फाल्गुन २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको