प्युठानमा बसको ठक्करबाट बालकको मृत्यु

सांकेतिक फाइल तस्बिर

चैत १८, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–४ मा शुक्रबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोज रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

लु १ ख ७०२१ नम्बरको बसले बाटोमा हिडीरहेका बालकलाई आज बिहान साढे ८ बजे ठक्कर दिएको हो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय बिजुवारले नियन्त्रणमा लिएको छ ।

१८ चैत्र २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको