नेकपाका नेता सविनलाई मातृशोक


भदाै १४, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज बालकृष्ण पोख्रेल ‘सविन’ लाई मातृशोक परेको छ । नेता सविनकी आमा टीकादेवी शर्माको आज निधन भएको हो ।

शर्माकाे निधनप्रति नेकपाका महासचिव विप्लवले शोक वक्तव्य जारी गरेका छन् । उनले शर्माकाे निधनले पार्टी दुखी भएकाे बताएका छन् ।

त्यस्तै नेकपा सल्यानका जिल्ला सेक्रेटरी नारायण चन्दले पनि शाेक वक्तव्य जारी गर्दै शर्माकाे निधनले पार्टीलाइ स्तब्ध बनाएकाे भन्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् ।

१४ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको