नेकपा रोल्पा जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न, के-के भए निर्णय ?


साउन १५, रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अथिति रोल्पा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य केशबहादुर बाठा ‘सुबास’ले पार्टीको नयाँ नीति तथा कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

त्यस्तै बैठकमा राजनीतिक बैचारिक, सङ्गठन, आर्थिक लगायतका विभिन्न विषयहरूमा महत्वपूर्ण निर्णय गरेको नेकपाले जनाएको छ । बैठकले कोभिड १९ को सङ्क्रमण बढिरहेको र तेस्रो लहरले झन् बढी क्षति पुर्याउने सम्भावनालाई मध्यनजर गरि कोभिड १९ नियन्त्रण जनसुरक्षा अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

अभियानलाई भव्य शानदार र पूर्ण सफल बनाउन सुनिल स्मृति गाउँकमिटीको नेतृत्व नृपेन्द्र, लुङरी गाउँकमिटीमा टाईगर, सुनछहरी गाउँकमिटीमा हेमन्तले गर्ने छन् भने यी तीनवटै गाउँकमिटीको नेतृत्व प्रयासले गर्ने भएका छन् ।

यस्तै रोल्पा नगर कमिटीमा अभियानको नेतृत्व खिमराज पुन, माडी गाउँकमिटीमा दिनेश र दुबै गाउँकमिटीको नेतृत्व शोभा राम रानाले गर्नेछन् । यसैगरी त्रिबेणी गाउँकमिटीमा करण घर्ती, गङ्गादेब गाउँकमिटीमा किरण चन्द, परिवर्तन गाउँकमिटीमा विरबल ओली र रुन्टिगडी गाउँकमिटीमा सेवकले नेतृत्व गर्ने निर्णय गरिएको जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्द ‘मानव’ले जानकारी दिए ।

बैठकले पार्टीको योजनालाई कार्यान्वयन गर्न उत्साहित बनाउनुको साथै सहभागी जिल्ला सदस्यहरूले पार्टीको योजनालाई जनसमुदायको बीचमा राख्ने प्रतिबद्धता व्यक्त गरेको नेकपाले जनाएको छ ।

बैठक जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्दको अध्यक्षता तथा सञ्चालनमा भएको थियो । रोल्पा जिल्ला इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य केशबहादुर बाठा ‘सुबास’ निवर्तमान केन्द्रीय सदस्य सम्झना, निवर्तमान रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदीको र निवर्तमान जिल्ला सेक्रेटरी शोभाराम रानाको उपस्थिति रहेको थियो ।

१५ श्रावण २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको