नयाँ पार्टीमा जान चाहनेले भदौ २२ सम्म सनाखत गरिसक्नुपर्ने

फाइल तस्बीर

भदौ १३, काठमाडौँ । नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकिएको छ ।

त्यसै गरी जसपा परित्याग गरेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले पनि भदौ २२ गतेसम्म सनाखत गरिसक्नुपर्ने भएको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरूको आइतबार सम्पन्न बैठकले नयाँ दाल रोज्ने जनप्रतिनिधिहरूका लागि भदौ २२ गते बेलुका ५ बजेसम्मको हदम्याद तोकेको हो ।

यसअघि सनाखतमा छुटेका संघीय संसदका सांसदहरुले भने अब दल बदल गर्न पाउने छैनन् । तर, अध्यादेश अनुसार प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरुले भने नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र नयाँ दल रोज्न पाउँछन् । आयोगले त्यो २१ दिनको डेडलाइन २०७८ भदौ २ गते देखि २२ गते बेलुका पाँच बजेसम्मलाई तोकेको छ ।

१३ भाद्र २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको