थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

फाइल तस्बीर

भदौ १२, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।

१२ भाद्र २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको