रोल्पामा पार्टी पुनर्गठन दिबसमा युवाहरुको मार्चपास


मंसिर ११, रोल्पा । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले लिबाङमा पार्टीको आठौँ पुनर्गठन दिबस सम्पन्न गरेको छ । मंसिर ८ गते पार्टी पुनर्गठनको अबसरमा युवाहरुको मार्चपास सम्पन्न भएको हो ।

नेकपा रोल्पा जिल्ला सेक्रेटरी दिनेश चन्दको नेतृत्वमा युवाहरुले लिवाङ बजारमा मार्चपासद्वारा परिक्रमागरि कोणसभा गरेका थिए । सेक्रेटरी चन्दले पार्टी पुनर्गठन दिबसको अवसरमा शुभकामना दिंदै पुजिबादले मानवहरुलाई बेचबिखन गरिरहेको बताए । पार्टी र व्यक्ति चुन्ने कार्य हुँदै आएकोले अब ब्यबस्था चुन्ने बेला आएको उनले बताए । उनले भने ‘ब्यबस्था चुन्न जनमत संग्रहको आबस्यक छ, यसका लागी जुटौं ।’

एक अर्को प्रसंगमा उनले भने, ‘संसदीय ब्यबस्था परिवर्तनका लागि जनयुद्दको उद्घोष गरेको रोल्पा हो तर नेतृत्वको कारण धोका भयो र उही संसदीय ब्यबस्था जीवित रह्यो।’

नेपाल कम्युनिष्ट पार्टीले आफ्नो आठौं पार्टी पुनर्गठन दिबशको अबसरमा देशभर जिल्ला स्तरमा कार्यक्रम गरेको थियो । यसअघि काठमाण्डौमा केन्द्रित हुने भनिएको कार्यक्रमलाई विकेन्द्रित गरेर जिल्ला स्तरमा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

११ मंसिर २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको