स्वास्थ्यकर्मीलाई लामो विदा नदिन र विदा बसेकालाई तुरून्त बोलाउन स्वास्थ्य मन्त्रालयको पत्राचार


वैशाख १४, काठमाडौं । स्वास्थ्य मन्त्रालयले लामो विदा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरून्त कार्यालयमा हाजिर हुन भन्दै पत्राचार गर्ने निर्णय गरेको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार एक पत्र पठाएको छ। उक्त पत्रमा लामो विदामा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तुरून्त कार्यालयमा हाजिर हुन भनिएको छ।

कोरोनाभाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै अस्पतालमा सेवा लिन आउने संक्रमितहरूको व्यवस्थापनका लागि सो निर्णय गरिएको केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले जानकारी दिए।

मंगलबार बसेको मन्त्रालयका निमित्त सचिवको बैठकले सो निर्णय गरेको हो। त्यस्तै, कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन पनि भनिएको छ।

केन्द्रले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशतको पालो निर्धारण गरेर सेवा दिनसमेत भनिएको छ। अस्पतालको दरबन्दीअनुसार कुनै पद रिक्त रहे तत्काल जनशक्तिको व्यवस्थापन गर्न, स्वीकृत जनशक्ति भन्दा बढी जनशक्ति आवश्यक भए ६ महिनाको लागि करार सेवामा लिने व्यवस्था मिलाउन मन्त्रालयले पत्राचार गरेको हो।

१४ बैशाख २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको