रूपा सुनारले कोठा नपाएको विषयमा ज्योति मगरले दिईन कडा चेतावनी


असार ११, काठमाडौं । कलाकार ज्योति मगरले सञ्चारकर्मी रूपा सुनारलाई जातकै कारण कोठा नदिइएको प्रस्ट भएकाले कुरा नबंग्याउन चेतावनी दिएकी छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत कलाकार मगरले तर्क गर्ने क्षमता छ भन्दैमा विभेदलाई ढाकछोप नगर्न आग्रह गरेकी हुन्।

‘तर्क गर्न सक्ने क्षमता छ भन्दैमा गलतलाई सही र सहीलाई गलत साबित गर्न खोज्ने सबै समाज भँडुवा हुन्। जति नै तर्क वितर्क गरेर सामाजिक सञ्जालमा भुके पनि रूपा सुनार कामी भाकै कारण प्रधानको घरमा कोठा नपाको प्रस्ट छ,’ उनले भनेकी छन्, ‘आजको युगमा पनि यस्ता घटना हुनु निन्दनीय र अमानवीय हो।’

जो चोर उसकै ठूलो स्वर भनेजसरी सामाजिक सञ्जालमा दलितलाई गाली गरिएको भन्दै कलाकार मगरले सके सत्यको पक्ष लिनु नसके झुटोलाई साथ नदिन आग्रह गरेकी छन्।

‘कति बकम्फुसे तर्क गरेको हौ फेसबुकमा,’ उनले लेखेकी छन्, ‘सक्छौ सहीलाई साथ देऊ, सक्दैनौ गलतलाई पनि साथ नदेऊ।’

हेर्नुस उनको स्टाटस जस्ताको तस्तै

तर्क गर्न सक्ने क्षमता छ भन्दै मा गलत लाई सहि र सहि लाई गलत साबित गर्न खोज्ने सबै समाज भडुवा हुन… जति नै तर्क बितर्क गरेर सामाजिक सन्जाल मा भुके पनि रुपा सुनार कामी भाकै कारण प्रधान को घर मा कोठा नपाको प्रष्ट छ… आज को युग मा पनि यस्ता घटना हुनु निन्दनीय र अमानविय हो… रुपा ले न्याय त यत्रै city पाको पाई हो अब यहि कुरा लियर कुन चै नेता ले राजनीति को मुद्दा बनाउछ र भुक्छ अनि फेरि रुपा जस्ता उत्पीडन को सिकार हरु को भावना सङग खेल्छ…जो चोर उस्कै ठूलो स्वोर, केरा जस्तो कति बकम्फुसे तर्क गरेको हौ फेस्बुक मा… सक्छौ सहि लाई साथ देउ सक्दैनौ गलत लाइ पनि साथ नदेउ… र status को अन्त मा मान्छे बाट सकारात्मक र जनाबर हरुबाट नकारात्मक कमेन्ट को अपेक्षा गर्दछु…Im with Rupa sunar…

११ असार २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको