विनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि


पुस २७, काठमाडौँ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् ।

शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा पार्न सफल भएका हुन् ।

सर्वाधिक भोट ल्याएको आधारमा टीम मिलनका उनले उपाधिसँगै २० लाख नगद हात पारे । यस्तै उनले विभिन्न गिफ्ट ह्याम्पर पनि पाए ।

भ्वाइ अफ नेपालको फाइनालिस्टमा कोच मिलन नेवारको टीमबाट विनोद राईसहित कोच प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको टीमबाट कुमार प्रयास राई पुगेका थिए ।

२७ पुष २०८०, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको