असार २५, रोल्पा । रोल्पा नगरपालिकाका निर्वतमान नगर प्रमुख पूर्ण के.सी. को नयाँ भिडियो गित ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्वजनिक भएसँगै लोकप्रियता समेत बढन थालेको छ । वर्तमान नगर प्रमुख सुरेन्द्र थापा घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको उक्त भिडियो गितले वर्तमान परिवेशमा युवाहरुले राख्ने अनेकौं चाहना जुन पैसाको खोजीमा आफनो घर, देश छाडेर पराईको देशमा जाँदा पनि सुखको अनुभुति प्राप्त गर्न नसकेको तितो यर्थाततालाई झल्काईएको छ ।
गोल्डेन क्रियसनले ४ दिन अघि सार्वजनिक गरेको यस गीति भिडियोलाई सेयर गर्ने र हेर्नेहरु बिस्तारै बढीरहेका छन । करिब २४ सयको हाराहारीमा यस भिडियोलाई हेरेका छन भने सयौंले शेयर समेत गरेका छन । यस गीतलाई टिकटकमा समेत रुचाइएको छ । युवा पुस्ताहरुले विभिन्न अभिनय गर्दै यस गीतलाई टिकटकमा समेत मन पराएका छन ।
साहित्यकार तथा रचनाकार समेत रहेका पुर्ण केसीको साहित्यीक नाम भने पूरण क्षेत्री हो । रोल्पा नगरपालिका वडा नम्बर ८ जंकोटमा जन्मेका क्षेत्रीका आमा, श्रीमती लगायत परिवारका सदस्यको बसोबास भने रोल्पा नगरपालिका २ रेउघामा रहेको छ । राजनितिक क्षेत्रमा पनि अब्बल मानिएका क्षेत्री रोल्पा नगरपालिकाको निर्वतमान नगर प्रमुख भइसक्नुभएको छ ।
साहित्यकार क्षेत्री ललित साहित्य परिषद रोल्पाको सल्लाहकार समेत हुनुहुन्छ भने उहाँ अखिल नेपाल लेखक संघ रोल्पाका पुर्व अध्यक्ष समेत हुनुहुन्थ्यो । गणतान्त्रिक युवा क्लबका पुर्व अध्यक्ष, सामुदायिक रेडियो जलजला रोल्पाका पुर्व अध्यक्ष, सनस्टार युवा क्लब रोल्पाका अध्यक्ष समेत भएका क्षेत्रीले युवा पुस्ताको बिषयमा निकै राम्रो ज्ञान हासिल गर्नुभएको छ । भने युवापुस्ताको विकासका लागि समेत उहाँले विभिन्न योजना बुन्ने गर्नुहुन्छ ।
ने.क.पा. माओबादी केन्द्रका जिल्ला सचिव केसीले जनयुद्धको समयमा झेलेका विभिन्न अनुभुतिहरुलाई संगालेर कविताहरु समेत सृजना गर्नुभएको छ । साहित्यीक क्षेत्रमा थुप्रै कविता संग्रह तथा फुटकर कविताहरु समेत प्रकाशन गरेका कवि क्षेत्रीको अर्को खुबी भने सुन्दर गितको रचना गर्ने रहेको छ । रोल्पा नगरपालिकाको आफनै गितका रुपमा पहिचान दिलाउन सफल “बनाउछौं रोल्पा नगर”, खेल क्षेत्रको पहिचान दिलाउन सफल “हामी खेलाडी” बोलको गित समेत चर्चामा रहेका छन ।
यस्तै पछिल्लो समयमा चर्चामा रहेको गित हो ‘कहाँ छ स्वर्ग भन तिमी’ यस गितले निकै लोकप्रियता पाएको छ । गितको शब्द रचना मार्मिक छन भने यस गितलाई चर्चित गायक रामकृष्ण ढकाल र नेपाल संगीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानकी सदस्य सचिव गायिका कुश्मा महरा ‘प्रगती’ले स्वर दिनुभएको छ । लोकप्रिय गायक ढकाल र जनवादी गायिका महराको स्वरमा सजिएको यस गितले दिन खोजेको महत्वपूर्ण शब्दले नै युवाहरुलाई भिडियो हेर्न तथा सुन्न आर्कषित पार्ने काम गरेको छ । यस गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
हेर्नुस भिडियो
प्रतिक्रिया दिनुहोस