नेकपा प्युठानकाे राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न


कार्तिक ६, प्युठान । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति प्युठानकाे जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

जिल्ला स्तरिय नेता तथा अगुवा कार्यकर्ता प्रशिक्षणकाे लागि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर के. सी. ‘जागृति’ जिल्लामा पुग्नु भएको हाे ।

प्रशिक्षण कार्यक्रममा जिल्ला पार्टी सदस्य, जवस, माेर्चाका प्रतिनिधिहरु र इलाका स्तरका पार्टी सदस्यहरूकाे सहभागिता रहेकाे जिल्ला सेक्रेटरी अजय घर्तीले जानकारी दिए । नेपाल सरकारले नेकपा माथि लगाएकाे करिव २ बर्ष लामाे प्रतिबन्ध फुकुवा तथा काेराेना माहामारि पछिकाे याे पहिलाे र ठुलाे केन्द्रीकृत कार्यक्रम हाे ।

नेपाल कम्युनिष्ट पार्टीले एकिकृत जनक्रान्ति मार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य सहित आफ्नाे राजनैतिक तथा वैचारिक गतिविधिहरु जिल्लाका हरेक स्थानीय तहमा संचालन गरिरहेकाे छ ।

हालकाे संसदीय व्यवस्थालाई दलाल पुँजीवादी व्यवस्थाकाे संज्ञा दिएकाे नेकपाले दलाल संसदीय पुँजीवादी व्यवस्थाकाे विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि जनमत संग्रह गर्ने कार्यनीति लिएकाे प्रमुख प्रशिक्षक तथा नेकपा नेता जागृतिले बताउनु भयाे ।

कार्यक्रममा नेकपा प्युठानका पुर्व जिल्ला इन्चार्ज रत्न थापा ‘सुर्यप्रकाश’, पुर्व जिल्ला इन्चार्ज तथा नेकपा केन्द्रीय स्कुलिङ विभागका सदस्य चिन्तामणी घिमिरे लगायतले एकीकृत जनक्रान्ति र नेपालमा वैज्ञानिक समाजवादकाे आवश्यकता बारे महत्त्वपूर्ण प्रशिक्षण मन्तव्य राखेका थिए । बृहत् साँस्कृतिक कार्यक्रम सहित सम्पन्न प्रशिक्षण कार्यक्रममा जिल्ला पार्टी सचिवालय सदस्य तथा जिल्ला जनपरिषद प्रमुख बाम बहादुर बुढाकाे सन्चालन र सचिवालय सदस्य केशव थापाले स्वागत मन्तव्य राखेका थिए ।

७ कार्तिक २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको