नेकपा दाङको दोस्रो पुर्ण बैठक सम्पन्न, के-के भए निर्णय ?


भदौ ८, दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङको दोस्रो पुर्ण बैठक सोमबार सम्पन्न भएको छ।

भाद्र ७ र ८ गते दुई दिन सम्म चलेको बैठकले जिल्लामा एक महिने संगठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियान संचालन गर्ने लगाएत महत्वपूर्ण निर्णय गरेको छ।भाद्र १० देखि असोज १० सम्म अभियान चलाउने नेकपा दाङले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बैठकका प्रमुख अतिथि सन्तोष बुढा(विषम)ले अहिलेको सरकार दलाल पुजीवादीहरुको सरकार भएको बताए।

उनले दलालहरुको सरकारको सट्टा प्रगतिशील संयुक्त सरकार गठन गरि जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेको बताए।उनले केही प्रतिक्रियावादी तत्वहरुले संसदीय निर्वाचनमा भाग लिन्छन भनेर भ्रम छरेको समेत बताए।नेता विषमले भने,”हामी संसदीय व्यवस्थाको विरुद्ध निर्मम संघर्षमा छौँ,व्यवस्था परिवर्तनका खातिर आबस्यक परे बलिदान गर्छौ”।

एक फरक प्रसंगमा नेता विषमले कम्युनिस्टहरुलाइ केही कथित लोकतन्त्रवादी भन्नेहरुले तानाशाही,अधिनायकवादि र लोकतान्त्रिक हुदैनन भन्ने गरेको प्रती कडा प्रतिबाद गर्दै जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिन जनमतसंग्रह घोषणा गरि जनमत लिन चुनौती दिए।

शान्तिपुर्ण ढंगबाट जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिन माग गर्दागर्दै राज्य तयार नभए जनताले बिद्रोह गर्ने नेता विषमको उद्घोष थियो।

बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले संसदवादीहरुले जनताका विरुद्ध बल प्रयोग गरे आफुहरुले शासकहरुका विरुद्ध बल प्रयोग गर्ने बताए।उनले भने,”हामी शान्तिपुर्ण ढंगले व्यवस्था परिवर्तन चाहन्छौं तर राज्य तयार नभए बिद्रोह गर्ने सार्वभौम अधिकार जनताको हुन्छ”।

बैठकमा युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले संसदीय व्यवस्था पुर्ण रुपले असफल भइसकेको बताउदै नेपालमा जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था निर्विकल्प भएको बताए।

यस्तै बैठकमा नेकपा बिशेष कमिटी सदस्य सीता बिक(सम्झना)ले जनयुद्धका अपुरा सपना आफुहरु पूरा गर्न बलिदान गर्न तयार रहेको बताइन।उनले भनिन,”हामी जुन लक्ष्य,उदेश्य र प्रस्तावहरु लिएर जनयुद्ध लडेका थियौ त्यो पूरा भएका छैनन,हामी निरन्तर क्रान्तिको यात्रामा छौं”।

बैठकमा मन्तव्य राख्दै नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दरले मार्क्सवादलाई परास्त गर्न साम्राज्यवादले अनेक प्रयास गरिरहेको बताए।नेता सुन्दरले आफुहरु शान्तिपुर्ण राजनिती मार्फत क्रान्ती पूरा गर्ने अभियानमा केन्द्रित रहेको बताए।प्रतिबन्ध मार्फत आफुहरुलाइ समुल नष्ट गर्ने योजनामा संसदवादी दलालहरु रहेको नेता सुन्दर भनाइ थियो।

दुई दिन सम्म चलेको बैठकमा नेकपा दाङ जिल्ला कमिटी सदस्य,पालिका इन्चार्जहरु लगाएत बिशेष कमिटी सदस्यहरुले राजनैतिक/बैचारिक र सांगठनिक कामकारबाहीको बिसयमा रिपोर्ट राखेका थिए भने समग्र जिल्ला कार्यालयको रिपोर्ट जिल्ला सेक्रेटरी प्रदिपले राखेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य विषमको प्रमुख आतिथ्यमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल,नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दर,नेकपा बिशेष कमिटी सदस्य सम्झना,युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनको आतिथ्य रहेको थियो भने बैठकको अध्यक्षता तथा संचालन जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए।

८ भाद्र २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको