नेकपा रोल्पाको प्रशिक्षण कार्यक्रम सम्पन्न


कात्तिक ६, रोल्पा ।  नेपाल कम्युनिष्ट पार्टी रोल्पाको आयोजनामा  जिल्ला स्तरीय राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रम शनिबार सदरमुकाम लिबाङमा सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ले कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्तालाई प्रशिक्षित गरेका थिए । प्रमुख अतिथी रहेका बास्तोलाले पार्टीको आगामी योजना प्रस्ट्याउदै जनमत संग्रहद्वारा ब्यबस्थाको बिकल्प खोज्न बहसको थालनी गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

कार्यक्रमको बिशिस्ट अतिथि रहेका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुबासले वर्गसंघर्षको इतिहासमा रोल्पाको भुमिका र हालको समसामयिक राजनैतिक अबस्थाबारे प्रशिक्षित गरेका थिए ।

प्रशिक्षणमा जिल्ला तथा इलाका स्तरका पार्टी सदस्यहरूकाे सहभागिता रहेकाे जिल्ला सेक्रेटरी दीनेश बिक्रम चन्दले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमलाई चन्दले सहजीकरण गरेका थिए भने प्रमुख अतिथिमा पार्टी केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, बिशिस्ट अतिथीमा केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुबास र अतिथिमा बिशेष कमिटी सदस्य सन्तोष सुबेधी ‘प्रयास’ रहेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीले एकिकृत जनक्रान्ति मार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य सहित आफ्नाे राजनैतिक गतिविधि गरिरहेकाे छ ।

६ कार्तिक २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको