दाङ दुर्घटना: कक्षा ११ मा पढ्थिन ‘सम्झना’


चैत १०, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक विद्यालयको बस दुर्घटना हुँदा मृत्यु भएकी तुलसीपुर १६ गणेशपुर निवासी १८ बर्षीय सम्झना केसी कक्षा ११ मा पढ्थिन ।

विद्यालयका शिक्षक बलबहादुर एमसीका अनुसार कम्प्युटर साईन्स पढ्ने उनी कक्षामा दख्खल विद्यार्थी थिईन् । उनी ‘एम ६’ सेक्सना थिईन् । उनको घटनास्थलबाट उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

बसमा २९ जना विद्यार्थी थिए । ति मध्ये २८ जना घाईते भएका हुन् । घाईते मध्ये पाँचजनाको कोहलपुरमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य छ । मंगलबार विहान साढे ५ बजेतिर बस दुर्घटनामा परेको हो । विजौरी, कोठेरीलगायतका विद्यार्थीहलाई ल्याउन गएको थियो । बसमा कक्षा ११, १२ र ब्याचलर लेभलका विद्यार्थीहरु थिए ।

१० चैत्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको