ओलीको ‘भ्याकेट’पछि सर्वोच्चले दियो यस्तो आदेश

फाइल तस्बिर

असार ८, काठमाडौं । कर्णाली प्रदेशसभाका चार सांसादलाई पुनर्बहाली गरेको मुद्दामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाएको छ।

मंगलबार सार्वोच्च अदालतले ओलीले दिएको ‘भ्याकेट’मा दुवै पक्षलाई बोलाउन आदेश दिएको हो। न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले दुवै पक्षलाई बोलाउन आदेश दिएको हो।

कर्णाली प्रदेशसभामा फ्लोरक्रस गरेर नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसदलाई एमालेले निष्कासन गरेको थियो।

पार्टीले निष्कासन गरेपछि सर्वोच्च अदालत पुगेका एमाले सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुमृराज शाहीलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो।

सर्वोच्चले जेठ २७ गते एमालेको दसौं महाधिवेशन आयोजक समितिले गरेको कारबाहीलाई अमान्य ठहर गरेपछि अध्यक्ष ओली भ्याकेट निवेदन लिएर अदालत पुगेका थिए।

८ असार २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको