खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाको अग्रता

फाइल तस्बीर

पुस ३, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ ।

पार्टी कार्यालय सानेपामा पहिलो १०० मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन् । उनले ५३ मत पाएका छन् । १३ औं महाधिवेशनबट महामन्त्रीमा निर्वाचित कोइराला १४ औं महाधिवेशनमा सभापति पदको आकांक्षी थिए । तर अन्तिममा केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । उनलाई शेरबहादुर देउवाले पनि आफ्नो प्यानलमा राखेका थिए ।

दोस्रो स्थानमा रहेका उदयशम्शेर राणाले ४४, रामहरि खतिवडाले ४३, रमेश लेखकले ४२ र एनपी साउदले ३७ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । कांग्रेसमा खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको हालसम्म पदाधिकारी र मधेसीतर्फको केन्द्रीय सदस्यको मात्र नतिजा आएको छ । खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार साँझसम्म सक्ने निर्वाचन समितिको तयारी छ ।

३ पुष २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको