गंगादेव गाउँपालिकाका प्रशासकीय अधिकृत डेढमहिना देखि सम्पर्क बिहिन


माघ ४, रोल्पा रोल्पा गंगादेव गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सकलदेव यादव करिव डेढमहिना अघिदेखि सम्पर्क बिहिन भएका छन् ।

प्रशासकीय अधिकृत लामो समयसम्म कार्यालयमा नहुँदा पालिकाको कार्य सम्पादनमा समस्या उत्पन्न भएको छ । आर्थिक कारोबार पूर्ण रुपले ठप्प भएका छन् भने योजना भुक्तानीमा समेत समस्या भएको छ ।

लामो समयसम्म प्रशासकीय अधिकृत कार्यालयमा नहुँदा सामाजिक संजालमा आलोचना बढेको छ । हालसम्म वैकल्पिक उपाए नखोजेको भन्दै स्थानीय सरकार प्रति तिब्र आक्रोश पोखेका छन् ।

निमित्त प्रशासकीय अधिकृत यादव गएको मंसिर १८ गते देखि सम्पर्क बिहिन भएका हुन् । आफ्नो निजिकार्यका लागि बिदा मिलाई घर गएको र हाल सम्म नफर्किएको गाउँपालिका अध्यक्ष बिर बहादुर खत्रीले पोष्टपाटीलाई बताए । अध्यक्ष खत्रीका अनुसार पारिवारिक अंशबन्डाको काम सकाएर मंसिर २१ गते फर्किने बताएका यादव हालसम्म बेखर रहेका छन् ।

उसो त सकलदेव यादव सम्पर्क बिहिन भएर हराउने पुरानो रोग हो । बिगतमा स्वास्थ्य प्रमुखको जिम्मेवारी सम्हाल्ने क्रममा १५/२० दिन हराएर आउने गरेको गाउँपालिका स्रोतले जनाएको छ । सकलदेव यादवको मोबाइल हालसम्म स्विच अफ रहेको छ ।

कर्मचारी सकलदेव यादव सम्पर्क बिहिन रहेको बारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय शाखा बुटवल र जिल्ला सिडियो कार्यलय रोल्पामा समेत जानकारी गराएइको गाउँपालिकाका एक कर्मचारीले जनाए । प्रेस संयोजक अशोक ओलीका अनुसार यादवको पुर्खेउली घर सिराहा र हाल दाङ जिल्लामा पनि घर रहेको छ । दाङ रहेको यादवको घरमा समेत पुग्दा उक्त घरमा ताला लागेको ओलीले जनाए ।

पालिकाको कार्य सम्पादनमा समस्या देखिएपछी पुस १९ गते बसेको कार्यपालिकाको बैठकद्वारा सकलदेव यादबलाई निमित्त प्रशासकीय अधिकृतबाट बर्खास्तगरि शाखा अधिकृत सालिकराम बस्नेतलाई निमित्त प्रशासकीय अधिकृतमा जिम्मेवारी तोकेर सामान्य प्रशासन मन्त्रालयमा सिफारिसका लागि पत्राचार गरेको अध्यक्ष खत्रीले जानकारी दिए । एक महिनासम्म पर्खिदा समेत यादव नआएपछि कार्यपालिकाको निर्णय द्वारा उनलाई जिम्मेवारीबाट हटाएको उनको भनाई थियो ।

मन्त्रालयबाट हालसम्म कुनै जानकारी नआएको खत्रीले जानकारी दिए । प्रशासकीय अधिकृतको रिक्तता पूर्तिका लागि अब हप्तादिन भित्र कुनै न कुनै बिकल्प आउन सक्छ अध्यक्षले भने ।

गाउँपालिकामा आर्थिक कारोबारका कार्यहरु ठप्प भएपनि योजना सम्झौताहरु भईरहेका छन् । योजना सम्झौता गर्न ब्यबहारिक हिसावले काम चलाउका लागि अधिकृत (छैटौ तह) शालिकराम बस्नेतलाई कार्यपालिकाले जिम्मा दिएको छ ।

यसअघिका निमित्त प्रशासकीय अधिकृत गणेश पुन दुर्घटनामापरि मृत्यु भएपछी स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हाली रहेका सकलदेव यादवलाई जेष्ठताको आधारमा निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

गंगादेव गाउँपालिकामा कर्मचारीहरु सरुवा हुन नचाहाने समस्या यसअघि देखि नै रहेको छ । यसरी मन्त्रालयद्वारा कार्यक्षेत्र तोकेर पठाईएका कर्मचारीहरु किन आउन मान्दैनन ? भनि पोष्टपाटीले सोधेको प्रश्नमा अध्यक्ष खत्रीले भने ‘केहि राजनीतिक कारण, नकारात्मक प्रचार, दुर्गम-अपाई, अफ्ठ्यारो र सोसाइटीको नेगेटिभ रेकर्डका कारण कर्मचारीहरु हाम्रो गाउँपालिकामा आउन मान्दैनन’ ।

 

 

४ माघ २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको