नेपाल बन्दको पुर्व सन्ध्यामा नेकपाद्वारा बर्दघाटमा मसाल जुलुस


कात्तिक २९, बर्दघाट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आयोजना गरेको नेपाल बन्दको पुर्व सन्ध्यामा नवलपरासिमा मसाल जुलुस कार्यक्रम सम्पन्न गरेको छ । पेट्रोलिय पदार्थमा भएको मुल्यवृद्धिको बिरोधमा नवलपरासीको बर्दघाटमा मसाल जुलुस सम्पन्न भएको छ।

जुलुस कार्यक्रममा पेट्रोलियम पदार्थको अनावश्यक कर खारेज गर,मुल्य वृद्धि खारेज गर,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,एमसिसि खारेज गर,सुस्तामा नापजाँच बन्द गर,कार्तिक ३० गतेको नेपाल बन्द सफल पारौं,३ बुद्दे सहमति पुर्ण रूपमा लागू गर जस्ता नारा लगाउदै बर्दघाट चोकमा कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै नेकपा पश्चिम नवलपरासीका नेकपा नेता सुमनले पेट्रोलिय पदार्थको मुल्य वृद्धि जनजीवकाको बिषय भएको सम्पुर्ण जनताले बिरोध गर्नुपर्ने भएको बताए।सुमनले भारतीय बिस्तारवादले सुस्तामा गरेको हस्तक्षेप र अमेरिकी सहयोग एमसिसी बिरुद्ध जनताले कडा सर्घष गर्न अपिल गरे।

सरकारले पेट्रोलिय पदार्थ सहित दैनिक उपभोग्य बस्तुमा मुल्य वृद्धि गर्दाअ आन्दोलन गर्न बाध्य भएको बताउदै पार्टीले आयोजना गरेको कार्तिक ३० गते नेपाल बन्दलाई सफल पार्न सम्पूर्ण व्यापारी यातायात व्यवसाय,शैक्षिक सस्था सहित सम्पुर्ण जनतालाई अपिल गरेका थिए।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी/नवलपुर इन्चार्ज, जिल्ला सेक्रेटरी सहित पार्टी निकट जनबर्गिय संगठनका नेताकार्यकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

नेकपा आयोजनामा आयोजित विभिन्न बिरोध कार्यक्रम सहित नेपाल बन्दको पुर्वसन्ध्यामा मसाल जुलुस गरिएको बर्दघाट नगर इन्चार्ज प्रतापले बताए।

२९ कार्तिक २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको