दाङमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किदा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु


मङ्सिर २८, लमही । दाङको देउखुरी निवासी सवारी दुर्घटनाका एक जना घाइतेको उपचारका क्रममा भैरहवामा मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी २० बर्षीय सन्दिप चौधरीको उपचारका क्रममा मंगलबार मृत्यु भएको पारीवारिक स्रोतले जानकारी दिएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कमानपुर जंगल क्षेत्रमा पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ३३८३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा रा ३ प ३१०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ ट्रकमा ठोक्किदा चौधरी गम्भीर घाइते भएका थिए ।

ट्रक र चालक वडा प्रहरी कार्यालय लमहीको नियन्तरणमा छन ।

२८ मंसिर २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको